भूमिराज राई / एचकेनेपाल डट कम –
नेपाली फिल्मी बजारमा निर्मित पहिलो नारी एक्सन प्रधान चलचित्र हँसिया अहिले नेपाली फिल्म हलहरुमा भब्य प्रदर्शन भैरहेको छ।

पहिलो दिनभन्दा दोश्रो दिन डबल दर्शकहरुले हँसिया हेरेको बताउँदै वितरक दर्शना आर्ट्सका प्रबन्धक सुरेश दर्पण पोख्रेलले आउने दिनहरुमा हँसियाको ब्यापार झन् आकाशिने अपेक्षा राखेका छन्।

निर्माण पक्ष फिल्म हलको अकुपेन्सी देखेर/सुनेर झन् हौसिएको छ। निर्देशक मिलन चाम्स आफ्नो पहिलो फिल्म त्यो पनि एक्सन प्रधान, अपराधलाई मुख्य प्लट बनाएर बनाएको फिल्मलाई दर्शकहरुले कुन रुपमा लिने हुन्? दोधारमै रहेको तर युकेमा रेड कार्पेट गरेपछि प्राप्त प्रतिक्रियाले नेपालमा पनि सफलता पाउने कुरामा आशाबादी रहे पनि फिल्म प्रदर्शन पछिको अत्यधिक दर्शक सहभागिता पछि मात्रै आफ्नो टिमको काम दर्शकहरुलाई मनपरेको जानेर दङ्ग परेको वताउँछन्।

फिल्म निर्माणको क्रममा कुनै कम्प्रमाईज नगरेको साथै सबै टिमको कडा मिहिनेतको प्रतिफल नै फिल्मको सफलताको कडी रहेको प्रतिक्रिया दिंदै सबै टिम र दर्शकहरुलाई एक मुष्ट धन्यबाद दिंदै कमसेकम एकपटक नेपाली फिल्मलाई विश्व बजारसम्म पुर्याउन नेपाली फिल्म हेरिदिन आग्रह गरे। “म हँसिया मात्रै हेरिदिनुस भन्दिन, फिल्मकर्मी भएकोले नेपाली फिल्म हेरिदिन र फिल्म राम्रो बनाउन फिल्म कर्मीहरुलाई प्रतिक्रिया दिएर कमीकमजोरी औंल्याई दिन पनि आग्रह गर्दछु”, निर्देशक मिलन चाम्सले आग्रह गरे।

माउथ पब्लिसिटीका आधारमा पहिलो दिन भन्दा दोश्रो दिन बढी दर्शकहरु सहभागी भएकाले हँसियाको आगामी दिनको कलेक्सन झन् बढ्ने देखिन्छ। धेरै कलाकार, प्राबिधिक, निर्मात्री र स्वयम् निर्देशकको पनि पहिलो फिल्मले नेपाली फिल्मी बजारमा रेकर्ड बनाउने सम्भाबना बढेपछि हँसिया टिम अहिले हौसिएका छन्।

बिशेष गरेर नवनायिका हेमा श्रेष्ठको एक्सनसँगै नब नायक अनुप बिक्रम शाहीको अभिनय अनि महानायक राजेश हमालको नयाँ अवतार र अभिनयले दर्शकहरुको मन जितिरहेको प्रतिक्रिया दर्शकहरुको रहेको छ। आशा गरौँ हँसिया टिमको इतिहास बनाउने आशा पुरा होस्!

संबन्धित लिङ्कहरूः
विवाहको मिति मिलाउनेलाई ‘चाँदीको हँसिया’
‘हँसिया’ को बेलायतमा रेड कार्पेट प्रिमियर (फोटो फिचरसहित)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस