हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १२ असोज। बैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि गठन भएको संघीय समाजवादी पार्टीले दोश्रो संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ। स्याङजा जिल्ला समिति, केन्द्रीय प्रतिनीधि, र अगुवा कार्यकर्ताको भेलाले प्रत्यक्षतर्फ स्याङजा क्षेत्र नं. १ मा क्याप्टेन राजेन्द्रप्रसाद गुरुङ, क्षेत्र नं २ मा क्याप्टेन डिलबहादुर थापामगर र क्षेत्र नं ३ मा महेन्द्र थापामगरलाई सिफारिस गरेको छ। यसैगरी समानुपातिक तर्फ सुरेन्द्र थापामगर, निलमकमार जिटी, हेमन्त थापामगर, श्याममाया पुनमगर, कृष्णबहादुर रानामगर, मुस्तफा अजिज, लालबहादुर गुरुङ, सीता थापामगर, शान्त परियार र विनोद खवास मगरलाई सिफारिस गरेको छ। यसैविच सहभागी अगुवा कार्यकर्तालाई निर्वाचन परिचालन सम्बन्धी स्थायी समिति सदस्य सुरेन्द्र थापामगरले प्रशिक्षण दिएका थिए भने निलम जिटी, नेत्र थापा, सीता परियारले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम जिल्ला समिति अध्यक्ष दिलिप थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।


– सङ्घीय समाजवादी कास्कीले उम्मेदवार छान्यो
– संघीय समाजवादी स्याङ्जाले उम्मेदावारी सिफारिस गर्यो


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस