हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, ३ असोज। मंसीर ४ गते हुने दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टी कास्कीले प्रत्यक्ष र समानुपाति गरी १४ जनाको नाम केन्द्रमा सिफारिस गर्ने भएको छ।

पार्टीको विहीवार सम्पन्न जिल्ला समितिको बैठकले प्रत्यक्षतर्फ कास्की क्षेत्र नं १ बाट मनबहादुर गुरुङ, क्षेत्र नं.२ बाट देविराज गुरुङ, क्षेत्र नं ३ बाट पानबहादुर घर्ती भुजेल र क्षेत्र नं. ४ बाट गणेशमान गुरुङको नाम सिफारीस गर्ने भएको छ। यसरी नै समानुपातिक तर्फ पार्टीका केन्द्रीय सचिवद्वय मिना गुरुङ र डिवी नेपाली, केन्द्रीय सदस्य रामबहादुर नेपाली, जिल्ला अध्यक्ष दीपक तामाङ, संघीय महिला संघकी केन्द्रीय सदस्य रत्ना भट्टचन, विदेश विभाग सदस्य सुन्दर गुरुङ, कानुन विभाग सदस्य अधिवक्ता जुनाकुमारी गुरुङ, भूपू सैनिकका तर्फबाट सिआई हरिध्वज गुरुङ, क्याप्टेन नरेश थापा, ओमबहादुर गुरुङको नाम केन्द्रमा सिफारीस गर्ने निर्णय भएको सङ्घीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले जानकारी दिए।


– सङ्घीय समाजवादी कास्कीले उम्मेदवार छान्यो
– संघीय समाजवादी स्याङ्जाले उम्मेदावारी सिफारिस गर्यो


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस