देवराज राई / एचकेनेपाल डट कम
तस्वीरः श्वेता राई र जगतअम्बू गुरुङ/ एचकेनेपाल डट कम
पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रिल ५ तारिख हङकङमा गोर्खा सिमेट्री ट्रष्टकोको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खा दिवस सम्पन्न भएको छ।
गएको वर्षहरु जस्तै व्यवस्थित रुपमा आयोजित कार्यक्रममा अस्थायी रुपमा निर्माण गरिएको स्तम्भमा पुष्प गुच्छा अर्पण गरिएको थियो। विभिन्न विद्यालयका विद्यार्थीको उपस्थितिमा तिनका अभिभावक,प्रध्यानध्यापक,शिक्षक कर्मचारी, स्थानीय नेता, विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीवर्गबाट पुर्खाले श्रद्धाञ्जलि सृजनाहरु प्रस्तुत गरेका थिए।
बृटिश गोर्खा भूतपूर्व सैनिक संघका उपाध्यक्ष भिम गुरुङ प्रमुख अतिथि, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ विशेष अतिथिको रुपमा उपस्थित थिए। हङकङमा पुर्खा दिवस गोर्खालीहरुको समाधिस्थल रहेको सान तिन गोर्खा सेमेइट्रीमा हरेक वर्ष पुर्खाहरुको योगदानलाई कदर गर्दै यहाँका नेपालीहरुले पुर्खादिवस पुर्खादिवस मनाउँदै आएका हुन्।
गोर्खा सिमेट्री ट्रष्टका अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हङकङ नेपालीज फाउण्डेशनका अध्यक्ष किसन राईले स्वागत मन्तव्यसहित कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो। ब्रिटिश गोर्खा भूपू सैनिक संघका उपाध्यक्ष भिम गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघका अध्यक्ष जजिन चाम्लिङ ब्रिटिश गोर्खा एवं प्रथम नेपाली ओलम्पियन बक्सर भूपू क्याप्टेन नामसिंह थापाले गोर्खाहरुको योगदानका बारेमा चर्चा गर्नु भएको थियो।
कार्यक्रममा पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुल, सीएमए माध्यमिक विद्यालय, बेथल हाईस्कुल, आईकेटीएमसी विद्यालयका विद्यर्थीहरुले पुर्खालाई सम्झदै नेपाली, अंग्रेजी एवं क्यान्टोनिज भाषामा आफ्ना भावनाहरु प्रस्तुत गरेका थिए।
सन् २००४ सालदेखि हरेक वर्ष ५ अप्रिलका दिनलाई पुर्खादिवसको रुपमा मनाउन थालिएको विशेष दिन हङकङमा भव्यरुपमा आयोजना हुँदै आएको छ। साथै पुर्खादिवस संसारका विभिन्न ठाउँहरुमा पनि त्यहाँ रहेका समाधिस्थलहरुमा गई पुर्खालाई सम्झने प्रयास भइरहेको छ।
हङकङका सरकारी विद्यालयहरुमा पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खादिवस मनाउन थालिएको हो। गोर्खा सिमेट्रज ट्रष्टले पुर्खादिवसलाई विश्वपुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ। ट्रष्टकाअनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ।
हङकङमा सम्पन्न भएको पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, सीएमए माध्यमिक विद्यालय, टिके प्राथमिक विद्यालय, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया ब्रोड वे, म्याडम लाउ काउ माध्यमिक विद्यालयका नेपाली विधार्थीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमलाई हङकङ नेपलीज फाउण्डेशनले संयोजनकारी भूमिका निर्वाह गरेको थियो। फाउण्डेशनले विभिन्न सरकारी विद्यालयहरु, सरकारी विभागहरुसँग मिलेर माइनोरिटिज एवं नेपालीहरुको विषयमा कार्य गर्दै आएको छ।
अध्यक्ष नरहाङ राईको अध्यक्षता तथा सचिव अमोद राई र देवराज राईले कार्यक्रमको संचालन गर्नु भएको थियो। कार्यक्रमलाई सेन्ट जोसेफ सोसियल सर्भिस सेन्टर, सीएमए माध्यमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, हेभेन्ली पाथ हङकङले प्रायोजन गरेको थियो।
पुर्खादिवस अगाडि मार्च २३ र मार्च ३० तारिखका दिन सेन्ट जोसेफ र गोर्खा सेमेइट्रीज ट्रष्टले संयुक्त रुपमा गोर्खा सम्बन्धी कार्यशाला आयोना गरिएका थिए। कार्यशालामा रिसर्चर एवं शिक्षक कार्लोस सोटो, गोर्खा भेट्रन एवं प्रथम ओलम्पियन क्याप्टेन नामसिंह थापा, चर्चित कलाकार दिपेन्द्र राईले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो।
यो पनि हेर्नुहोस्
– हङकङमा पुर्खा दिवस (लाइभ फोटो अपडेट)
– हङकङमा पुर्खा दिवस (फोटो ग्यालरी)