लाइभ फोटो अपडेटः हङकङमा पुर्खा दिवस (फोटोफिचर)
एचकेनेपाल डट कम सम्वाददाता –
हङकङ, २२ चैत्र। हङकङ नेप्लिज फाउण्डेशनको संयोजन तथा गोरखा सिमेट्री ट्रष्ट हङकङको आयोजनामा आज शनिवार सान टिनस्थित गोरखा सिमेट्रीमा पुर्खा दिवस सम्पन्न भएको छ। पुर्खा दिवसको अवसरमा एचकेनेपाल डट कमले गरेको लाइभ फोटो अपडेटः तस्वीरहरूः श्वेता राई र देवराज राई / एचकेनेपाल डट कम ।


विद्यार्थीहरूबाट श्रद्धाञ्जलि गीत गाएर पुर्खाहरूप्रति सम्मान व्यक्त गरिदै।


विद्यार्थीहरूबाट कविता वाचन।


विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणबाट पुर्खाप्रति पुष्पाञ्जलि अर्पण गर्दै।


कार्यक्रम सञ्चालन गर्दै देवराज राई र अमोद राई।


औपचारिक कार्यक्रम।


पुर्खाप्रति सम्मान व्यक्त गर्न आउंदै पूर्व भारतीय गोरखा सैनिकहरू।



गोरखासम्बन्धी चित्र दृश्याबलोकन गर्दै विद्यार्थीहरू।


विस्तारै आउने क्रम जारी।


फाउण्डेशनका अध्यक्ष किसन राई समाधिको प्रतिरूप सजाउंदै।


यहि हो समाधिमा चढाउंने रित।


पुर्खा दिवसको तयारी गर्दै नेपाली विद्यार्थीहरू


देवराज राई विद्यार्थीहरूलाई निर्देशन दिदै..

तलका मोबाइल तस्वीरहरूः किसन राई

सान टिनस्थित गोरखा समाधि स्थल। यहि स्थान हो जहाँ हाम्रा वीर गोरखा तथा तिनका आश्रितले सदाका लागि विश्रान्ति लिएका थिए। हङकङे नेपालीहरूले वर्षमा एक पटक यहाँ पुगेर आफ्ना पुर्खाको स्मरण गर्दै सम्मान व्यक्त गर्ने गर्छन्।


गोरखा समाधि स्थल निरीक्षण गर्न शुक्रवार सान टिन पुगेका फाउण्डेशनका अध्यक्ष किसन राई, पूर्व बेलायती गोरखा सैनिकद्वय रत्न खिम्दिङ तथा ट्रष्टका अध्यक्ष नरहाङ राई।

तपाईलाई कस्तो लाग्यो कृपया साथीभाइ तथा आफन्तलाई शेयर गर्नु होला।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस