गेसोले दिएको अल्टिमेटमप्रति गोर्खा सत्याग्रह समितिको ध्यानाकर्षण
प्रेस विज्ञप्ति
मिति: २२ मार्च २०१४

गेसोले गत १७ मार्चमा एउटा ज्ञापन-पत्र वेलायत सरकारलाई वुझाउदै दिएको एक महिने अल्टिमेटमले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ध्यानाकर्षण भएको छ।

सघन गोर्खा सत्याग्रह आन्दोलनको परिणामस्वरुप सर्वदलीय संसदीय ज्याकी डोयेल–प्राईस आयोग वनेर गोर्खा आन्दोलनको इतिहासमै गोर्खाहरुलाई सवैभन्दा महान अवसर प्राप्त भई घटनाक्रम धेरै अगाडि वढिसकेको अवस्थामा त्यस्तो अल्टिमेटमले सिधासाधा गोर्खा दाजुभाई तथा दिदीवहिनीहरुमा गोर्खा सत्याग्रह आन्दोलनलाई तुहाउने वा निस्तेज पार्ने हो कि भन्ने शंका तथा त्रास उत्पन्न भएको हुनसक्छ । तर यही विज्ञप्ति मार्फत हामी प्रष्ट पार्न चाहान्छौ कि गोर्खा सत्याग्रह आन्दोलनको प्रभाव र दवाव स्वरुप जुन गम्भिरता र तीव्रताको साथ सर्वदलीय संसदीय ज्याकी डोयेल–प्राईस आयोगले आफ्नो कामलाई अगाडि वढाई रहेको छ त्यसलाई यस्ता प्रकृतिका कुनै पनि घटनाले न त विगार्न नै सक्छ न त सपार्न नै सक्छ। वास्तवमा त्यस्ता कृयाकलापसंग यो आयोग र यस अन्तर्गत चलिरहेका गतिविधिहरुको कुनै सम्वन्ध हुने छैन।

सर्वदलीय संसदीय ज्याकी डोयेल–प्राईस आयोग गोर्खा सत्याग्रह आन्दोलन र त्यसैको अन्तिम र निर्णायक कार्यक्रम आमरण अनसनवाट उत्पन्न प्रचण्ड दवावको परिणामस्वरुप वेलायती प्रधानमन्त्री स्वयमले हस्तक्षेप गरेर वनेको आयोग भएको हुनाले यसको प्रकृति, पृष्ठभूमि, प्रभाव र शक्ति पनि फरक भएको हुनाले नै यो आयोगवाट यो जगतले अन्तिम पटक सदाका लागि गोर्खाका लागि उपलव्धि हासिल हुने वलियो आशा राखेका हुन्। त्यसकारण, अहिले गोरा, काला, गोर्खा, गैरगोर्खा, नेपाली, सन्चार जगत सारा दुनिया गोर्खा सत्याग्रहको पछि लागेका हुन, सहयोग र समर्थन गरेका हुन्। यस्तो अवस्थामा कुनै पनि दृष्य अदृष्य शक्तिले यो आयोगलाई र यसको प्रभावकारीतालाई विथोल्न नसक्ने प्रत्याभूति गरीन्छ।

उक्त आयोग अन्तर्गत अहिले सवभन्दा महत्वपूर्ण कार्यक्रम मौखिक सुनुवाई भइरहेको छ। सुनुवाईको पहलो दिन गत १२ मार्च पूर्वाहान्न सीएनएस युकेका विज्ञहरु वेलायतको अक्सफोर्ड यूनेभरसिटिका प्रोफेसर डेभीड जेलनर, सीएनएस युकेका भूतपूर्व निर्देशक डा. चन्द्र लक्सम्वा, अक्सफोर्ड यूनेभरसिटिमै शोध गरीरहेका डा. कृष्ण अधिकारी तथा सीएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकाल र अपराहान्न गोर्खा सत्याग्रह आन्दोलनका गोर्खा दूत डा. राम नारायण कन्दङवाहरुले आफ्नो बयान जोडदार रुपमा प्रस्तुत गरेका थिए। वेलायती नागरीक तथा गोर्खा पल्टनका कमाणडीङ अफिसर गरी निवृत्त भएका कर्णल ह्यामीस एडम्सको सहभागिताले सुनुवाईलाई थप प्रभावसाली वनाउदै अरु उच्चाई प्रदान गरेको छ। उहाँले उक्त ५५ पृष्ट लामो बयान गएको ३ वर्षभित्रको गम्भिर अध्ययन, खोज र अनुसन्धानवाट तयार पार्नु भएको थियो। उहाँको बयानमा तर्क, तथ्य, तथ्याङक र सवुतहरुको ओइरो भएको हुनाले उहाँको प्रस्तुती जवर्जस्त सावित भएको थियो। उक्त बयान दिनको लागि उहाँ फिलिपिन्सवाट आफ्नै खर्चमा लन्डन आउनु भएको थियो। फिलिपिन्सवाट वेलायत आउने खर्च गोर्खा सत्याग्रहले व्यहोरी दिने प्रस्ताव राख्ता पनि उहाँले अस्वीकार गर्नु भएको थियो। उहाँ जस्ता गोर्खाहरुप्रति यति धेरै अनुराग भएका र गोर्खाहरुका लागि यति विघ्न बलिदान गर्नसक्ने मानव यो दुनीयामा दुर्लभ मात्र पाइएला। आगामी २६ तारिख एक मात्र जीवित भीसी क्यापटेन राम वहादुर लिम्वूको सहभागिताले सुनुवाई थप वलशाली हुनेछ भने त्यसले सुनमा सुगन्ध पनि थपनेछ।

अव २६ मार्चको दिन पूर्वाहान्न सत्याग्रह आन्दोलनका सन्चार निर्देशक दिपक मास्के र अपराहान्न डा. डेभीड ह्याल्लोरेनको मौखिक सुनुवाई हुनेछ भने अन्तिम सुनुवाई २ अप्रिलको दिन पूर्वाहान्न वीजीडव्लुएसका सभापति मेजर (रीटायर्ड) टिकेन्द्र दल देवान र अपराहान्न गोर्खा सत्याग्रह आन्दोलनका अभियान निर्देशक तथा १५ दिनसम्म आमरण अनसन वस्नु भएका ज्ञानराज राईको सुनुवाई भएपछि सुनुवाई कार्यक्रम समाप्त हुनेछ।

त्यसपछि आयोगमा चाङ लागेको लिखित एभिडेन्स र हालै सम्पन्न भइरहेको मौखिक एभिडेन्सको आधारमा ज्याकी डोयेल–प्राईस आयोगले आºनो प्रतिवेदन क्यामरुन सरकारलाई यथाशिघ्र वुझाउने छ। हामीलाई आश्वस्त पारे अनुसार मे महिनाको अन्त्यसम्ममा बुझाउनेछ। अनि उक्त प्रतिवेदनको आधारमा क्यामरुन सरकारले गोर्खाहरुले सदियौदेखि व्यहोदै आएको गम्भिर भेदभाव सदाका लागि अन्त्य गर्ने निर्णय गरी गोर्खाहरुलाई समानता, न्याय र सम्मान दिलाउने छ । वेलायत सरकारले आºनो निर्णय कहिलेसम्ममा ल्याउला भन्ने कुनै खास विश्सनीय आधार नभए पनि यस पटक वेलायत सरकार वढी नै गम्भिर भएको अनुभूति हामीलाई भएको छ। त्यसकारण, एक महिनादेखि लिएर ढिलोमा तीन महिनाभित्रमा वेलायत सरकारले गोर्खाहरुको समस्याको सम्वन्धमा आफ्नो न्यायोचित र ऐतिहासिक निर्णय सार्वजनिक गर्ला भन्ने आसा हामीले गरेका छौ।

वेलायत सरकारले वास्तवमा एउटा सकारात्मक धारणा वनाएपछि मात्र यो आयोग वनाएको हो भन्ने हाम्रो ठहर छ। त्यसकारण, यसपटक जे प्रतिफल प्राप्त हुन्छ त्यसमा कसैको दावी लाग्ने छैन। त्यो केवल गोर्खा सत्याग्रह आन्दोलनको वलवाट प्राप्त भएको हुनेछ। कसैले विभिन्न वहानामा श्र्रेय लिने अनैतिक र पाखण्डी प्रयास गरे पनि गोर्खा समुदाय, सचेत दुनिया र सन्चार जगतले कुनै हालतमा स्वीकार गर्ने छैन। कसैले झुक्याउन खोज्दैमा आजको संसारमा कोही झुक्किनेवाला पनि छैन। सवै ढुक्क वसे हुन्छ।

जय गोर्खा सत्याग्रह
डा. राम कन्दङवा गोर्खा दूत
ज्ञानराज राई अभियान निर्देशक ​
कृष्ण वहादुर राई​ प्रमुख संयोजक, युके​
सन्तोष थलङ ​​प्रमुख संयोजक, युके/नेपाल
गोर्खा सत्याग्रह, लन्डन
संयुक्त संघर्ष समिति
युके/नेपाल

यो पनि पढ्नुहोस्: – बेलायत सरकारलाई गेसोको एक महिने अल्टिमेटम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस