दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, २८ फागुन। यसपटक पनि घरेलु टिम सहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। शहीद स्मारक ए डिभिजनको उपविजेता एनएमबी मच्छिन्द्र क्लवलाई ‘सडेन डेथ’ को शिकार पार्दै आयोजक सहारा क्लव पोखरामा जारी १२ औं आहा रारा गोल्डकप फुबटल प्रतियोगिता २०७० को फाईनलमा प्रबेश गरेको हो।

सडेन डेथमा मछिन्द्रका अजय विकको पेनाल्टी प्रहार विपक्षि गोल रक्षक सागर गुरुङले उत्कृष्ट बचाउ गर्दा मछिन्द्रले आहा राराको सेमिफईनल बाट आफ्नो यात्रा टुंगाएको हो। सडेन डेथमा सहाराका सागर गुरुङले गोल गरेर सहारालाई यसपाली पनि फाईनलको यात्रा सुनिश्चत पारे।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

९० मिनेटको निर्धारित समय तथा ३० मिनेट थपिएको अतिरिक्त समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसके पछि खेल टाइब्रेकरमा थकेलिएको हो। टाईब्रेकरमा पनि दुवैतर्फ ३-३ गोलले खेल बराबरी टुंगिएपछि निर्णायकोअन्तिम विकल्प सडेन डेथबाट पुगेको हो । टाइब्रेकरमा मछिन्द्रका निको, जाजा र प्रियस गुरुङले गोल गरे भने कर्ण लिम्बुको पेनाल्टी सुट सहाराका गोलरक्षक सागर गुरुङले बचाउ गरे भने उत्तम गुरुङको प्रहार पोष्टको बायाँ साइडबाट बाहिरिन पुग्यो।

सहाराका अशिमजंग कार्की, भुपाल गुरुङ र सुविन श्रेष्ठले गोल गरे भने कृष्ण कुवरको प्रहार पोष्टको बाँया साईडहुदै बाहिरिन पुग्यो । त्यस्तै हेमन्त गुरुङको प्रहारलाई मछिन्द्रका गोलरक्षक दीनेश थापामगरले उत्कृष्ट बचाउ गरे। खेलमा सहाराका सागर गुरुङ म्यान अफ दी म्याच घोषित भए । विजयी भएको सहाराले अब विहीबार हुने दोश्रो सेमिफाईन खेल पुलिस र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवबिचको विजेता टिमसँग प्रतिष्प्रर्धा हुने भएको छ । खेलको सुरुवात देखिनै दुवै टिम रक्षात्मक पंक्ति रणनीतिमा मैदानमा उत्रिए पनि गोलका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा खेल १ सय २० मिनेट हुदै टाईब्रेकरमा धकेलिएको हो। भोलि विहीबार मनाङबिरुद्ध नेपाल पुलिस क्लव विचको खेल हुने भएको छ।

मछिन्द्रका प्रशिक्षक जोहान कलिनले राम्रो खेल्दा खेल्दै सडेन डेथमा पराजित हुनु परेको बताए। उनले भने “हामी दुबै टिम रक्षापंतिको रणनीतिमा उत्रिएकोले गोल गर्ने अवसर खासै नजुटेकोले खेलको नतिजा सडेन डेथबाटै कुर्नुपरेको हो।” जित हासिल गरेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले नेपालको फममा रहेको राम्रो टिम मछिन्द्र विरुद्धको खेलमा १२० मिनेट बराबरी खेल्नु नै आफूहरुको लागि ठूलो उपलब्धी भएको बताउदै यस पाली पनि फाईनलमा प्रबेश गरेकोमा खुसि व्यक्त गरे। उनले गोल गर्न नदिने रणनीतिमा आफूहरु खेलेको कारण आफूहरुको जित हात परेको बताए।

लिग विजेता मनाङ आहा–राराको सेमिफाईनलमा

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस