दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, २७ फागुन। राष्ट्रिय ए डिभिजन लिग बिजेता लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लव पोखरामा जारी १२ औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता २०७० को सेमिफाईनलमा प्रबेश गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा मनाङले सिएमजी संकटा क्लवलाई लिगको जस्तै नजिता निकाल्दै २–० गोल अन्तरले पराजित गरी सेमिफाईनलमा यात्रा तय गरेको हो। मनाङको जितमा पोखरेली खेलाडी अनिल गुरुङ र सुजल श्रेष्ठले एक एक गोलको योगदान दिए। विजयी भएको मनाङ विभागिय टोली नेपाल पुलिससंग दोश्रो सेमिफाइनल खेलमा यही फागुन २९ गते प्रतिष्पर्धा गर्ने भएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

सुजल श्रेष्ठको क्रसमा अनिलले हेड गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता कायम गरेको मनाङले दोश्रो हापपछि पुनः एक गोल थपि लिगको जस्तै नजिता आहा रारामा पनि २–० ले खापा लगाएको हो। मनाङका सुजलले खेलको ५२ मिनेटमा गोल गरेर विजय सुनिश्चित गरेका थिए। दीपक राईको पासलाई डी वक्सभित्र रहेका सुजलले गोल गरेका हुन। खेलमा सुजल नै म्यान अफ दी म्याच घोषित भए।

खेलको सुरुवातमै मनाङबाट दवावमा परेको संकटाले गोल गर्ने केहि अवसर पाए पनि सदुपयोग गर्न नसक्दा ए डिभिजनकै नतिजा स्वाईकानु पर्यो। राष्ट्रिय लिगतका दुबै खेलमा मनाङले संकटालाई २–० ले पराजित गरेको थियो । खेलको २७ मिनेटमा सन्तोष साहुखलको फ्रिकिक दोश्रोबार नजिकैबाट बाहिरिएको थियो। त्यस्तै ३५ मिनेटमा सुमन लामाको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठ विट भएको अवस्थामा शहिद अजिजले क्लियर गरि गरी संकटाको गोल गर्ने अवसरलाई चुकाईदिए।

त्यस्तै ५० मिनेटमा विजय धिमालले पहिलो बार च्याप्दै गरेको फ्रिककि वल मनाङका किपर श्रेष्ठले उत्कृष्ट बचाउ गरे। मनाङले पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो पार्ने अवसर गुमायो । खेलको ४० मिनेटमा सुजलको लामो प्रहार संकटाका गोलरक्षक पिएरी हारवेले पञ्च गरी बचाउ गरे । खेलको ६७ मिनेटमा अनिलको वन–भर्सेज–वन वल संकटाका गोलरक्षकले बचाउ गरे।

संकटाका प्रशिक्षक राजुकाजी शाक्यले खेलको सुरुवातमै गोल खायर आफुहरु मनाङको दबाबमा परेर हारव्यहोर्नु परेको बताए । आफ्नो रणनीति अनुसार खेल हुन नसक्दा पराजित हुनुपरेको उनले बताए। यो पराजितलाई म स्वीकार्छु’ उनले भने, मेरो योजना फेल खायो।”

विजेता भएको लक्ष्मी हुण्डाईका प्रशिक्षक हरिओम श्रेष्ठले छोटो समयमै गोल हुँदा जित सहज भएको बताए । काठमाडौंमा हालै सम्पन्न भएको (लिगमा) भन्दा पनि यहाँ सजिलो भयो उनले भने “खेलको सुरुवातमै गोल भयो आजको खेलमा खासै दबाब परेन।” लिगमा जित निकाल्न निकै सघर्ष गर्नुपरेको उनले बताए।

यसै विच गुरास सप्लायर्स तथा पोखरा ट्रेडिङ कन्र्सन न्युरोड पोखराले आहा रारा गोल्ड कप लोगो अंकित किरीङ हस्तान्तरण गरेको छ। कन्र्सनका संचालक सृजना शर्माले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई करीब १५ हजार ७ सय ५० मूल्य बराबरको किरीङ बुधबार पोखरा रंगशालामा हस्तान्तरण गरेकी हुन्।

बुधबार घरेलु टिम सहारा क्लव र एनएमबी मछिन्द्र क्लव बिच पहिलो सेमिफाईनल खेल हुनेछ। सहाराले एपिएफलाई पराजित गरी सेमिफाईनलमा यात्रा बनाउदा मछिन्द्रले सिम्रिक सरस्वती क्लवलाई पराजित गरी अन्तिम चारमा स्थान तय गरेको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस