एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १५ पुस। कविशिरोमणि लेखनाथ पौड्यालको १३० औँ जयन्ती सोमवार राजधानीस्थित सञ्चारग्राममा सम्पन्न भएको छ।

लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदीले पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो। सोही अवसरमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्माले नाट्यसम्राट् बालकृष्ण समका पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सालीक


त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल जयन्तीका कार्यक्रम सञ्चालक यादव भट्टराई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति (कविशिरोमणि, नाट्यसम्राट् र महाकवि)ले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो।

कार्यक्रममा उषा शेरचन, भुवनहरि सिग्देल, बाबा वस्नेत, ललिता दोषी र रमेश सुभेच्छुले कविता वाचन गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्
कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस