‘बुद्ध वाज वर्न इन नेपाल’ एल्वमको सफलतासंगै धीरज राईले यसै विषयमा एउटा छोटो चलचित्र निर्माण गरेका छन्। केहि न केहि नयाँ काम गर्ने धीरजले यसपाली ‘लेट द वल्र्ड नो इट’ नामक छोटो चलचित्रको निर्माण तथा निर्देशन गरेका हुन्। जि.टि.भी. मा बुद्ध भारतमा जन्मेका हुन् भन्ने समाचार आएपछि उनले शुरु गरेको शान्ति –यालीको सबैले प्रशंसा गरेका छन्। यसै अन्तर्वार्ता मार्फत उनले आफ्नो वैवाहिक जीवनको केही रहस्य पनि खोले। उनीसंग सौरभ श्रेष्ठले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ ।

पहिले बुद्धका एल्वम, त्यसपछि शान्ति –याली अभियान, अब छोटो चलचित्र ?
बुद्ध भारतमा जन्मेका हुन् भन्ने कुरा कलेजमा पढेको सम्झना, माटोको लागि गाउने सोच, र अन्तर्राष्ट्रिय बजारमा जाने अवसरको सदुपयोग गर्दै मेरो पहिलो अंग्रेजी एल्वम निस्केको हो। सरकार नबोलेपछि, जि.टि.भी. विरुद्धको शान्ति –यालीको शुरुवात भएको हो। यो अभियानलाई अझ सशक्त अघि बढाउन छोटो चलचित्र निमार्ण गरेको हु।

के छ यो चलचित्रमा ?
‘लेट द वल्र्ड नो इ्ट’ नामको यो चलचित्र २५ मिनटको छ। बुद्ध नेपालमा जन्मेको कुरालाई अव छोटो चलचित्र मार्फत अगाडि बढाउने सोच हो मेरो। यसको समयावधि र फर्मेट सानो भएकोले यसलाई चलचित्र भवनदेखि स्कुल कलेजमा समेत प्रदर्शन गर्न सकिन्छ। पछिल्लो पटक नेशनल जोग्राफिक च्यानलले भगवान बुद्ध २६०० वर्ष अगाडि लुम्विनीमा नै जन्मेको तथ्य फेला पारेको छ। जि.टि.भी. विरुद्धको देशव्यापी शान्ति –यालीदेखि भारतीय दूतावासले निकालेको आधिकारीक स्वीकारोक्ति र विज्ञहरुसंग लिइएको अन्तर्वार्ता र स्थलगत स्थान यसको प्रमुख विषय वस्तु हो। यो मैले गरेको दोस्रो निर्देशित डकुमेन्ट्री चलचित्र हो।

चलचित्रमा अभिनय गर्ने चाहना चाही कतिको छ ?
चलचित्रमा अभिनय गर्नु मेरो रुचिको विषय होइन्। म संगीतमा नै रमाउंछु।

तर तपाईकी श्रीमती छुल्ठिम डोल्मा गुरुङले त भर्खरै एउटा चलचित्रमा खेल्नु भयो?
त्यो उनको रुचिको विषय हो।

तपाईहरुको सम्बन्धको चिसोपनलाई लिएर मिडियामा विगत केहि वर्षदेखि यदाकदा कुराहरु सुनिदै आइरहेका छन्, सत्य के हो?
यो सहि हो। हामी विगत ३ वर्षदेखि अलग भएर आ आफ्नो जीवन अगाडि बढाइरहेका छौं।

किन?
विचारमा मत भिन्नता आएपछि हामीले छुट्टा छुट्टै जीवन अघि बढाउने निर्णय गरेका हौं।

के कुरामा मत भिन्नता आयो?
यो हाम्रो निजी विषय हो। नो कमेन्ट।

यो चलचित्रको प्रदर्शन कहिलेदेखि गर्नुहुन्छ?
करीव ३ महिना लगाएर यो डकुमेन्ट्री तयार भएको छ। यसको प्रिमियर काठमाडौंमा पुषको तेस्रो हप्ता हुदैछ। त्यसपछि यसलाई मेरो विश्व भ्रमणको सिलसिलामा १२ वटा देशमा प्रदर्शन गरिने छ।

यो पनि पढ्नुहोस्
बुद्धको सन्देश लिएर धीरजले विश्व सांगीतिक भ्रमण गर्ने


अभिनेत्री नम्रता श्रेष्ठसंग छुल्ठिम डोल्मा गुरुङ(दायाँ)।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस