एचकेनेपाल डट कम संवाददाता-
पोखरा, सहारा क्लवलाई बुधबार १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। गत भदौमा हङकङमा आयोजित सांगीतिक कार्यक्रमबाट संकलितसहित अन्य दाताले उक्त रकम सहयोग गरेका हुन्। सहयोग रकममध्ये सहारा हङकङको १० लाख, एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङले १ लाख, एनआरएन हङकङका उपाध्यक्ष टिका गुरुङ र महासचिव शान्ति राईले जनही २० हजार र लुम्बिनी पिस टुर्स एण्ड ट्राभल्सका बुद्धराज ढकालले २५ हजार रुपैयाँ प्रदान गरेका हुन्। सहयोग रकम क्लव अध्यक्ष बिरभद्र आचार्यलाई हस्तान्तरण गरिएको थियो। प्राप्त रकम सहाराले पोखरा–१७ दोबिल्लामा संचालन गरेको एकेडेमी संचालनार्थ खर्चिने क्लवका अध्यक्ष आचार्यले बताए।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
यो पनि हेर्नुहोस्ः हङकङ सहारा साँझबाट २० लाख बचत


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस