दिनानाथ बराल /एचकेनेपाल डट कम-
हङकङ, ७ अक्टोबर। सहारा साँझ हङकङ २०१३ बाट २० लाख रुपैया बचत भएको छ। गत २५ अगष्टमा आयोजित कार्यक्रमबाट ४४ लाख आम्दानी हुंदा उक्त रकम बचत भएको सहारा क्लव हङकङले जनाएको छ। प्रबेश शुल्कबाट ३३ लाख, प्रायोजकबाट १० लाख आम्दानी भएको सहारा क्लव हङकङका कोषाध्यक्ष सुमित्रा गुरुङले आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइन्। एक दिने उक्त कार्यक्रम सम्पन्न गर्न खर्च २४ लाख भएको गुरुङले बताईन। कार्यक्रम संयोजक रेनु गुरुङले उक्त कार्यक्रम सफल पार्न सहयोग पुराउने सहयोगदाता, कलाकार, पत्रकार, स्थानीय एवम अन्य संघ सस्था एवम व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिन्। सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले बचत रकम मध्य केही रकम सहारा एकेडेमीलाई केही दिनमा पोखरामा नै हस्तान्तरण गरिने बताउदै आगामी दिनमा समेत यस्तो कार्यक्रम आयोजना गर्ने बताए। सहारा साँझ हङ्गकङ्ग २०१३ मा सहभागी हुन नेपालबाट सहारा क्लवका निर्वतमान अध्यक्ष विक्रम थकालीको नेतृत्वमा एक टोली हङकङ आएको थियो। त्यसै गरी दोहोरी गायक जीवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, फोटो पत्रकार सुर्दशन रञ्जित, एवं उद्घोषकमा संचारकर्मी दीपेन्द्र श्रेष्ठ सहितको टोली हङकङ आएको थियो। वेलायतबाट गायक विवेक श्रेष्ठ र सहारा क्लवका यूकेका अध्यक्ष नविन गुरुङ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ हङकङ आएका थिए। सहारा क्लवले २६ रोपनी क्षेत्रफलमा करीब २ करोडको लागतमा सहारा एकेडेमी हालै निमार्ण गरेको छ। एकेडेमीमा १६ जना वालकहरु रहेका छन्। फइल तस्वीरः जगतअम्बु गुरूङ र सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b