एचकेनेपाल डट कम संवाददाता-
बाली, २८ सेप्टेम्बर। फिलिफिन्सकी मेगान योङले मिस वर्ल्ड २०१३ को शीर्ष उपाधि जितेकी छन्। प्रतियोगितामा फ्रान्स फस्ट रनरअप र घाना सेकेण्ड रनरअप भए। नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल २०१३ इशानी श्रेष्ठले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको लागि पहिलो पटक ‘मिस वर्ल्ड ब्युटी विथ परपोज’ को उपाधिसमेत जितेर नेपालको गौरब बढाइन् भने मल्डिमिडियातर्फ उनी तेश्रो भइन्। टप टेनको सेमीफाइनलसम्म पुगेर प्रतियोगिताबाट बाहिरिए पनि इशानीले एक इतिहास निर्माण गरेकी छिन्। यसअघि, मिस नेपालहरुले यहाँसम्मको यात्रा तय गरेका थिएनन्। फोटो सौजन्यः मिस वर्ल्ड २०१३




माइति घर गीतमा नृत्य प्रस्तुत गर्दै इशानी। फोटो सौजन्यः मिस वर्ल्ड २०१३


Miss World 2013 Megan Young of the Philippines Crowning Moment

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस