एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ असोज। मिस नेपाल २०१३ इशानी श्रेष्ठ मिस वर्ल्ड २०१३ सौन्दर्य प्रतियोगितामा सहभागी भएर मंगलवार स्वदेश फर्केकी छिन्। त्रिभुवन विमानस्थलमा सञ्चारकमीहरुसँग कुरा गर्दै इशानीले आफूले प्राप्त गरेको सफलता पछि आउने मिस नेपालका प्रतियोगीहरूलाई प्रेरणाकाे स्रोत बन्ने बताइन्। इन्डोनेसियाको बालीमा सम्पन्न ६३ औं संस्करणको मिस वर्ल्ड प्रतियोगितामा इशानीले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डको फाइनल चरणमा पुगेकी थिइन्। इशानीले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको लागि पहिलो पटक ‘मिस वर्ल्ड ब्युटी विथ परपोज’ को उपाधिसमेत जितेर नेपालको गौरब बढाएकी थिइन् भने मल्डिमिडियातर्फ उनी तेश्रो भएकी थिइन्। टप टेनको सेमीफाइनलसम्म पुगेर प्रतियोगिताबाट बाहिरिए पनि इशानीले एक इतिहास निर्माण गरेकी छिन्। यसअघि, मिस नेपालहरुले यहाँसम्मको यात्रा तय गरेका थिएनन्। प्रतियोगितामा फिलिफिन्सकी मेगान योङले मिस वर्ल्ड २०१३ को शीर्ष उपाधि जितेकी थिइन्।

माइति घर गीतमा नृत्य प्रस्तुत गर्दै इशानी। फोटो सौजन्यः मिस वर्ल्ड २०१३




मिस वर्ल्ड ब्युटी विथ परपोज भिडियोः तस्वीर तथा भिडियोसौजन्यः मिस नेपाल

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस