सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
जी टिभिबाट प्रसारित टेलिसिरियलमा बुद्ध भारतमा जन्मेको समाचार आएपछि सो भ्रम चिर्नको लागि कलाकारहरु पनि सडकमा आउन थालेका छन्।

सोही विषयमा अंग्रेजी एल्वम निकालेका पप गायक धीरज राई र सोही विषयमा चलचित्र बनाइरहेका नायक रमित ढुङ्गानालगायत अन्य कलाकारहरु पनि सडक र्यालीमा देखिए। कुनै आयोजक बिना फेसबुक सन्जालबाट निम्तो गरिएको सो समाचारलाई एक आपसमा सेयर गरि सबै जनालाई निम्तो गरिएको थियो। यसै फेसबुकको माध्यमबाट जानकारी पाएर थुप्रै युवालगायत कलाकारहरु काठमाडौको बसन्तपुरमा जम्मा भएका थिए। यसरी स्वस्फुर्त रुपमा जम्मा भएको भिडनै शान्ति –यालीमा परिणत भएको थियो। –यालीको अर्को पक्ष भने यो भेलामा कुनै पनि राजनीतिक व्यक्तित्वहरुलाई निषेध गरिएको थियो र भेलामा कुनै पनि राजनीतिक नेताहरु देखा परेनन्। बरु कलाकारहरुले सो भिडलाई अगुवाइ गरिरहेका थिए। ‘बुद्ध हाम्रो शान हो’ ‘बुद्ध वाज वोर्न इन नेपाल’ लगायतका नारा लगाउदै भिड अघि बढेको थियो। बाटोको दायाँबायाँ घर घरको झ्यालबाट मानिसहरुले ताली बजाएर समर्थन गरेका थिए। ‘हामी क्षमा होइन, गल्ति नदोहोर्याउने प्रतिबद्धता चाहन्छौ।’ युवाहरुको प्रतिक्रिया थियो। धीरजले भने – ‘मेरो अंग्रेजी एल्वमको माध्यमबाट म संसार भर बुद्ध नेपालमा नै जन्मेको कुरा फैलाउन चाहन्छु।’ ‘मेरो चलचित्रको उद्देश्य पनि यहि हो’ बुद्ध वाज वर्न इन नेपाल चलचित्र बनाइरहेका नायक रमित ढुङ्गानाले बताए। तस्वीरहरुः फेसबुकबाट

बुद्धको सन्देश लिएर धीरजले विश्व सांगीतिक भ्रमण गर्ने


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस