एचकेनेपाल डट कम संवाददाता-
मांसाहारी भन्दा शाकाहारीमा ध्यान दिनुहोस्। शाकाहारी खानामा पोटासियम बढी पाइन्छ। यसले उच्च रक्तचाप (हाइपरटेंशन) लाई कम गर्न मद्दत पुर्‍याउँछ।

तपाईले फाइवरयुक्त तथा धेरै पोटासियम भएका खानेकुरा बढी सेवन गर्नुहोस्। कोदो, फापर, स्याउ सागपातमा बढी फाइवर पाइन्छ। यसले शरीरको तौल तथा रगतमा रहेका धातुहरू घटाउन मद्दत पुर्‍याउँछ। उच्चरक्तचाप कम गराउन ब्रोकाउली, गाजर, साग एवं फलफूल उपयुक्त हुन्छ। यिनीहरुमा पोटासियम धेरै पाइन्छ। प्याज लसुन, जिरा, बेसार, केशर, सिकाकाई, मरिच, तुलसी आदि मसलाले पनि उच्चरक्तचाप कम गराउंछ। तपाईले चिनी, गुलिया तथा सोडियमयुक्त नुनमा नियन्त्रण गर्नुपर्छ। दिनभरि ६ ग्राम (एक चिया चम्चा) भन्दा बढी नुन खानु हुँदैन। धेरै नुन हालेको अचार एवं प्याकेटका खानेकुरा खानु हुँदैन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस