रविन लिङदेन “आम्भु जेठा” / एचकेनेपाल डट कम-
हङकङ, अहिले सम्मको प्रारम्भिक अध्ययन अनुसार नेपालकै दोश्रो ठूलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पूर्वी लिम्बुवान हाल ताप्लेजुङ जिल्लाको फुङलिङ गाविस र खोक्लिङ गाविसमा तमोर–मेवा जलविद्युत आयोजना वन्दैछ।
१०१ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना संवन्धि एक अन्तरक्रिया कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड अध्यक्ष तथा मेनेजिङ डाइरेक्टर भानेन्द्र सम्वाहाम्फेले उक्त कुराको जानकारी गराए।
तस्विरः रविन लिङदेन “आम्भु जेठा” / एचकेनेपाल डट कम
किरात याक्थुङ चुम्लुङ हङकङले आयोजना गरेको कार्यक्रममा सम्वाहाम्फेले १७ वर्ष अघिदेखि यस योजनामा आफू लागेको वताउदै “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मा निम्न स्तरका जनता–जो कोहिले आफ्नो क्षमताले भ्याए सम्मको लगानी गरेर शेयर खरिद गरि मालिक वन्न सक्ने वताए। यो कम्पनीमा कुनै ठूला व्यापारी तथा नाम चलेका उद्योगपतिको सहभागिता नरहने भएकोले निम्न स्तरको नेपाली जनता मालिक वन्ने र वन्नुपर्ने सम्वाहाम्फेले बताए।
ठूला व्यापारी तथा नाम चलेका उद्योगपतिले वाहेक निम्न स्तरका जनताले नेपालमा कुनै ठूलो आयोजना सम्पन्न गर्न सक्दैन भन्ने केही मानिसको मस्तिष्कका गलत छाप बसेको बताए। औधोगिक क्रान्तिको युगमा कृषिमा आधारित विकास गरेर मात्र नपुग्ने वताउदै परम्परागत पुख्र्यौली सोचलाई विस्थापति गरेर हामीले आफूलाई नयाँ ब्यापारी वनाउनु पर्ने बताए। आफूलाई नयाँ युगको नयाँ ब्यापारी तथा उद्योगपति बनाई ठूला तथा महत्वकाँक्षी आयोजनाहरु सफल पारी देशलाई सम्पन्न वनाउन हामीले साहस गर्नुपर्ने सम्वाहाम्फेले बताए।
देशकै दोश्रो ठूलो जलविद्युत आयोजना निम्न स्तरका नेपालीहरुको सहभागिताबाट सम्पन्न हुने बताउदै आयोजना सम्पन्न गर्नलाई पैसा भन्दा पनि नेपालीहरुको भावना चाहिएको बताए। ठूलो आयोजनामा लगानी गर्न इच्छुक नेपालीहरु कोही पनि नछुटोस् भन्ने उद्देश्य लिएर आफू हङकङ आएको र अन्य ठाउँमा समेत पुग्ने अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सम्वाहाम्फेले बताए।
जोर्डनस्थित याक एण्ड येती रेष्टुरेण्टको हलमा सोमवार साँझ भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्पर्क समिति हङकङका संयोजक इन्द्र वनेमले ब्यापारीक रुपले आफूलाई मात्र नभएर सिंगो देशको अर्थतन्त्रलाई नै सुधार्ने आयोजनाहरुमा हामी सवै नेपालीहरुको सहभागि हुनु पर्ने बताउदै यस योजनामा सहभागीता जनाउन आग्रह गरे।
तमोर नदीवाट ८३ मेगावट र मेवाखोलाबाट १८ मेगावट गरि १०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको लागि स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेडले वि. सं. २०६२ सालमा नेपाल सरकाबाट लाइसेन्स प्राप्त गरेको छ।
प्रारम्भिक अध्ययन अनुसार तमोर नदिको विद्युट उत्पादन क्षमता ७२ मेगावट रहेका छ भने मेवा खोलाको क्षमता १८ मेगावट रहेको छ। ताप्लेजुङ जिल्लाको खोक्लिङ गाविसको भञ्ज्याङ पुच्छारमा १८ मेगावट क्षमताको पावर हाउस रहने छ भने त्यहाँबाट निस्केको पानी ४.८ किलोमिटरको टनलबाट तमोर नदीमा मिसाइने छ। पानी मिसिएपछि तमोर नदीमा ११ मेगावट क्षमताले विद्युत उत्पादनमा वृदि भई ८३ मेगावट क्षमताको पावर हावस फुङलिङ वाविसको गुहेली पुच्छरमा बन्ने छ।
प्रारम्भिक अध्ययन अनुसार १८ मेगावट मेवाखोला र ८३ मेगावटको तमोरको पावर हावससम्म १९ किलोमिटर बाटो खन्नु पर्ने छ। यो सवै योजना सम्पन्न गर्नको लागि अनुमानित रकम १८ अर्ब रुपैया लगानी गर्नु पर्ने छ। कुल लगानीको २० प्रतिशत रकम कंपनीले जनताबाट उठाउने योजना बनाएको छ।
तमोर–मेवा जलविद्युत आयोजना सम्पन्न गर्नको लागि हङकङमा नौ सदस्यीय स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनी लिमिटेड सम्पर्क समिति एक हप्ता अगाडि गठन भएको छ। इन्द्र वनेमको संयोजकमा बनेको समितिमा ओमराज सम्वाहाम्फे, टंक सम्वाहाम्फे, त्रिभुवन लुङफङवा, स्याम इङनाम, हेमराज अन्छङवो, टंक नाल्वो, मौसम इम्वुङ र प्रदिप कन्दङवा रहेका छन्।
किरात याक्थुङ चुम्लुङको अध्यक्ष त्रिभुवन लुङफङवाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रम चुम्लुङको सहसचिव लाजेशा लिम्बुले कार्यक्रम संचालन गरेका थिए। स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष तथा डाइरेक्टर प्रमुख अतिथि भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनी लिमिटेड सम्पर्क समिति हङकङका संयोजक इन्द्र वनेम रहेका थिए भने अन्य संघ संस्थाको प्रतिनिधिहरुले भाग लिएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b