दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, ११ मााघ। अन्तिम समयमा सम्हालिन नसक्दा पाहुना टोली भारतको साउथर्न समिति पोखरामा जारी आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट बाहिरिएको छ।
ईन्जुरी समयमा रानी पोखरी कर्नर टिम (आरसिटि) का संजीप बुढाथोकी चम्किदा साउथर्नले आहा राराबाटै यात्रा टुङगाएको हो। पोखरा रंगशालामा बिहीबार भएको खेलमा आरसिटिले पहिलो पटक आहा रारामा सहभागि जनाएको साउथर्नलाई १–० को गोल अन्तरले पराजित गर्दै पहिलो खेलबाटै यात्रा टुंगाएको हो।
तस्विरः उमेश पुन र सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम
जितसंगै आरसिटिले क्वाटरफाईनलमा यात्रा बनाएको छ। यही माघ १६ गते आरसिटिले थ्री स्टारसंग क्वाटरफाईनलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । ईन्जुरी समयको ३ मिनेटमा कृष्ण कुवँरले मिलाएको वललाई पोष्ट नजिकै रहेका बुढाथोकीले उत्कृष्ट गोल गरी जित दिलाएका हुन्। विहीबारको खेलमा नायक भएका बुढाथोकी प्लेयर अफ दी म्याच समेत घोषित भए।
लिगको फममा रहेको आरसिटिले अम्मर डंगोललाई मैदानमा उतार्न नसके पनि अन्ततः पाहुना टोलीलाई ईन्जुरी समयको साहायताबाट जित आत्मसात गर्नु पर्यो। रक्षापंति निकै मजबुद बनाएको साउथर्नले मिडफिल्ड र अग्रपंती भने निकै कमजोर देखिएको थियो। ९० मिनेटसम्मको खेलमा खासै चार्ज गर्न नसकेको साउथर्नले विपक्षीको खेलको रण्नीतिलाई परिवर्तन गराईदिएको थियो।
११ औं आहा रारा गोल्ड कपमा पहिलो रातो कार्ड पाउने खेलाडी साउथर्नका प्रियोतोस सिल भएका छन्। उनले खेलको ३६ औं मिनेटमा पहिलो र दोश्रो हाफको ३८ औं मिनेटमा अर्को पहेलो कार्ड पाएका उनलाई रेफ्रि सचिन अमात्यले रातो कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका हुन्।
खेलको ३६ औं मिनेटमा आरसिटिका राजकुमार घिसिङले हेड गर्दा विपक्षी गोलरक्षक जितले बचाउ गरे। ३७ औं मिनेटमा आरसिटिका दिपेश थापा मगरले पोष्टनजिकैबाट चार्ज गरेको वल क्रसवारमा लागेर बाहिरिएको थियो । अन्तिम ईन्जुरी समयको एक मिनेटमा संजीप बुढाथोकीले प्रहार गरेको फ्रिकिक वललाई एन्टोलोले हेड गर्दा विपक्षिगोलरक्षकले उत्कृष्ट बचाउ गरे । गोल खाए पछि चलाएको उक्त वल साउथर्नका सौविकले सेन्टरबाट प्रहार गरेको वल क्रसवार हुदै बाहिरिएको थियो। गोल खाएपछि साउथर्नका खेलाडीहरुले लाईन्स मेन्सलाई अफसाईड भएको भन्दै निर्णय फिर्ता गर्न आग्रह गरे।
साउथर्नका प्रशिक्षक सावुदीनले आफूहरु राम्रो खेल्दा खेल्दै रेफ्रिको गलत निर्णयका कारण हार व्यहोर्नु परेको बताए। आरसिटिका मधु कार्कीले आफ्ना खेलाडी अम्मर डंगोल विना मैदानमा उत्रिए पनि उनको कुनै अभाव नखड्किएको बताउदै पाएका एक राम्रो अवसरलाई गोल गर्दा जित हात पार्न सफल भएको बताए। शुक्रबार आयोजक सहारा क्लबबिरुद्ध मछिन्द्र क्लबबीच खेल हुने भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b