रविन लिङदेन / एचकेनेपाल डट कम-
हङकङ, २२ जनवरी। लिम्बू भाषा तथा नेपाली लोक भाकामा स्थापित गायक राजु आङदेम्बेको एकल साँझ हङकङमा हुने भएको छ।

सोह्र वर्ष पहिलेदेखि गायन क्षेत्रमा लागेका गायक आङदेम्वेको पहिलो एकल साँझ यहि फेब्रुअरी १३ मा हुने कार्यक्रम आयोजकले पत्रकार सम्मेलन मार्फत हङकङका स्थानीय पत्रकारहरुलाई जानकारी दिए।

जोर्डन स्थित फुलबारी क्लबमा सोमबार बेलुका पत्रकार सम्मेलन गरि ‘राजु आङदेम्बे एकल साँझ’ याउ मा तेई कम्युनिटि हलमा गर्ने आयोजक ‘सम्बाहाम्फे उत्थान मञ्च’ का अध्यक्ष ओमराज सम्बाहाम्फेले वताए।


तस्विर: रविन लिङदेन / एचकेनेपाल डट कम

पत्रकार सम्मेलनमा गायक आङदेम्बेले एकल साँझ कार्यक्रमकौ अवसरमा आफ्नो “कुसङ” भिसिडी विमोचन गर्ने जानकारी दिए। कुसङ भिसिडीमा तीनवटा गीत हङकङमा छायाङ्कन भएको छ भने चारवटा गीत नेपालमा छायाङ्कन भएको उनले जानकारी गराए।

लिम्बू भाषालाई नेपाली लोक भाकामा ढालेर आफूले गाएको बताउदै आफ्नै भाषा संस्कृतिलाई संरक्षण गर्न करीव चार दर्जन जति लिम्बु भाषाको गीत र दुई दर्जन नेपाली गीत गाएको बताए। आङदेम्बेले आफ्नी आमाको सम्झनामा २०५२ सालमा पहिलो एल्वम सीमेरिङ श्रोता सामु ल्याएका थिए।

तीन वर्ष अघि हङकङ आएका गायक आङदेम्बे नेपालमा हुदाँ भलिबल खेलको राष्ट्रिय खेलाडी थिए। खेल जीवनमा उनी राजकुमार नामले चिनिएका थिए। पढाइ, खेल र गायन क्षेत्रलाई संगै लिएर आएका आङदेम्बेले अहिले गायन क्षेत्र तथा पढाइलाई आफ्नो भविश्य वनाउने क्रममा अघि बढ्दै छन्। यतिवेला उनी आफ्नो गीतको भिडियो वनाउनमा ब्यस्त छन् । उनले वि सं २०५२ सालमा सीमेरिङ, ५४–५५ सालमा लाङयोक, ५५–५६मा सिलाम साक्मा, ५७मा रानिगाउ, ५८–५९मा हाक्पारे पालाम, ६० सालमा मना, ६३ सालमा साक्मा, दुई वर्ष अगाडि कथा जिन्दगीलगायत झण्डै एक दर्जन जति एलवम वजारमा ल्याइसकेका छन्।

कार्यक्रम प्रायोजकहरुमा पान्थर मञ्च हङकङ, पापोहाङ लाओली सयङ हङकङ, किराय याक्थुङ चुम्लुङ साँस्कृतिक विभाग हङकङ, तेह्रथुम हङकङ मञ्च, वनेम परिवार हङकङले गरेको छ भने संतीत संयोजन दिनेश सुब्बा, हिमायलन टोन्स हङकङ रहेका छन्।

आफनो चिनारीको लागि एकल साँझको आयोजक गरेकोमा ‘सम्बाहाम्फे उत्थान मञ्च’ र मञ्चका अध्यक्ष ओमराज सम्बाहाम्फेलाई पत्रकार सम्मेलन मार्फत गायक आङदेम्बेले धन्यवाद दिए। पान्थरको आङस्राङमा जन्मिएका गायक आङदेम्बेको मावली सम्वाहाम्फे हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस