सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, ११ माघ। भारतका लागि कार्गिलको खालुवामा पाकिस्तानविरुद्ध लड्दा ज्यान गुमाएका १४ गोरखाली सेनाको कथामा निर्माण भएको नेपाली चलचित्र ‘निशानी’को छायाँकन सकिएको छ।

गत वैशाखमा सिक्किमबाट सुरु भएको निशानीको छायाँकन धरानमा अन्तिम दृष्य खिचेर इनक्ल्याप गरिएको हो। प्रशान्त तामाङ, प्रेम सुब्बा, विष्णु चेम्जोङ, किशोर सम्वाहाङफे लगायत सिक्किममा रहेका गोरखाली सेनाले समेत अभिनय गरेको निशानी आगामी वैशाखमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।


तस्विरः सन्तोष काफ्ले /एचकेनेपाल डट कम

चलचित्रको ८० प्रतिशत छायाँकन नेपाल र २० प्रतिशत सिक्किममा गरिएको छ। ७५ लाख लगानी भएको बताइएको निशानीको निर्देशन विनोद श्रेङले गरेका छन्। चलचित्र आगामी वैसाखमा प्रदर्शनमा आउने कलाकार किशोर सम्वाहाङफले जानकारी दिए। चलचित्रमा प्रशान्त, विष्णुका साथै दिपक लिम्बु, विवी अनुरागीलगायतले गाएका छन्।

चलचित्रमा पूर्वदेखि पश्चिम नेपालको समेत संस्कृति देखाईएको निर्माता मध्येका एक प्रेम सुब्बाले बताए। निशानीमा प्रेमसहित सरोज भण्डारी, किशोर दुङ्माली र निर्देशक श्रेङको लगानी छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस