रविन लिङदेन/ एचकेनेपाल डट कम-
हङकङ, २१ जनवरी । सन्जा हुक्पा चोङवाङले ‘आजभोलि किन होला सवैलाई दख्छु वेग्ला वेग्लै’ आधुनिक गीत जोर्डनस्थित याक एण्ड ऐतिको हलमा आफ्नै एल्वम ‘स्नेह’ बाट गाएर ‘सन्जा साँझ’ कार्यक्रम उट्घाटन गरिन्।

खाम्लालुङ सेवा समिति हङकङले आइतवार वेलुका आयोजना गरेको ‘सन्जा साँझ’ कार्यक्रममा गायिका सन्जा हुक्पा चोङवाङको आफ्नै नाममा रहेको थियो । तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं. ४ मा जन्मिएकी २५ वर्षिय चोङवाङ नेपालबाट पहिलो पल्ट हङकङ आएको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उनलाई नेपालमा सरु भ्नि चिनिन्छ ।

तस्विर: जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम

सन्जा साँझमा गायिका सरु हुक्पा चोङवाङले उदघाटनपछि मान्छेले के के भन्छन् पाएसम्म कुरा काट्छन्, नेपालीकी छोरी हुँ नेपाल माइतिघर जहाँ गए जे भने नेपाली हो, मन चोरी हिड्नेलाई दिल तोडि हिड्नेलाई लगायतका गीतहरु गाएर दर्शकको मन जितेकी थिइन्।

गायिका चोङवाङले आफ्नो एलवमको गीतहरुलाई भिसिडीमा दर्शक, श्रोता सामु चाडैनै ल्याउने तयारी भएको वताइन्। कला क्षेत्रमा सानै उमेरदेखि रुचि भएपनि तीन वर्ष अघि देखिमात्र गायन क्षेत्रमा निस्केकी चोङवाङ यस क्षेत्रमा लागेर आफूलाई सन्तुष्ट भएको वताउछिन्।

तेह्रथुम साँझको कार्यक्रममा हङकङमा निक्कै चर्चा कमाएका १९ वर्षीय गायक प्रनेश लिम्बुले सन्जा साझमा “भेट भयो लुङा आदाङवे सेवारो नमस्ते, मन्द–मन्द वतास संगै उडि गयो कहाँ–कहा खोजु मैले तिमीलाई कसरी भेटु यो शून्यतामा, तिम्रो आत्ममा म छु कि छैन त्यहाँ हेर, मेरो नेपाल, फूल टिपि दिउ ओइलिन्छ रुमालै मैलिन्छ,” लिम्वु भाषाका पालाम, पूर्वेली र पश्चिमे लोक भाका गरि झण्डै एक दर्जन जति गीत गाएर दर्शकलाई नचाए।

चारवर्ष अघि देखि स्टेजमा गाउदै आएका लिम्बुले सन २०११ मा सिङगापुरमा तीनवटा स्टेज सो गरेका थिए भने एउटा एकल साँझ गरेका थिए। सन २०१२ मा युके.मा डेढ महिनाको अवधिमा १८ वटा स्टेज सो गरेका थिए। सानै उमेरदेखि देश तथा विदेश गरि राम्रै नाम र दाम कमाउने क्रममा रहेका प्रनेश लिम्बु यहि २४ जनवरीमा फेरी युके जादैछन् भने फेव्रुअरी ८ मा कतार जादै छन्।

नौ वर्षको उमेरमै एकल एल्वम श्रोता माझ ल्याएकी गायिका श्रेयसी चेम्जोङले निङवाइन तङसुङरो याक्थुङसे लाजेइन थक्सुङरो याक्थुङसे पोगिरो आल्ल लथिक पोक्सिआङ तगाङ पोगिरो लिम्बु भाषामा चेतना मूलक गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाइन्। चेम्जोङले सन्जा साँझमा करीव आधा दर्जन जति गीत गाइन्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््।

सन २०१२ मा प्रथम लिम्बुवान आइडल भएका कन्चन थलङ लिम्बुले पानी खानु तिरतिरे धारा माया लाउनु हुलाकी चौतारा, सलल त्यो चिसो पानी लगायतका गीतहरु गाए। गायक थलङको एकल साँझ यहि २६ जनवरीमा जोर्डन स्थित हङग्री आइ रेस्टुरेण्टमा हुने भएको छ।

सन्जा साँझको अवसरमा हङकङका स्थानीय नेपाली गायक काजिमान मास्वाले गायन क्षेत्रमा नेपालबाट आएका चारै जना कालाकारहरुको भविश्य अत्यन्तै राम्रो देखेको वताउदै सवैजनालाई नगद उपहार प्रदान गरे।

खाम्लालुङ सेवा समिति हङकङको अध्यक्ष सुरेस सुब्बाको अध्यक्षतामा भएको सन्जा साँझको प्रमुख अतिथि तेह्रथुम हङकङ मञ्चको अध्यक्ष स्याम इङनाम रहेका थिए भने स्वागत मन्तब्य दिल फोम्बोले गरे। सन्जा साँझ कार्यक्रमको सांगीतिक कार्यक्रम तथा औपचारिक कार्यक्रमको संचालन मनिस लिम्बुले गरे। कार्यक्रममा नेपालबाट तेह्रथुम साँझको लागि हङकङ सवैजना थिए। कलाकारहरुलाई कार्यक्रम आयोजकले प्रमाण–पत्र तथा खादाले सम्मान गरेका थिए।


CLICK HERE TO VIEW MORE PHOTOS

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस