सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, १० माघ। धरानको मुख्य वजारमा रहेको एक सुन पसलमा लाखौ बराबरको चोरी भएको छ।
धरान ५ महेन्द्रपथमा रहेको सिद्धी विनायक ज्वेलर्समा अज्ञात समूहले पसलको सटर तोडी त्यहाँका करिब २२ लाख बराबरको सामान लगायत गरगहना चोरेको प्रहरीले जनाएको छ।
मितेरी बंैकको तल्लो तलामा रहेको रोशन प्रधानको ज्वेलर्स गए राति चोरी भएको हो। साँझ ६ वजे आफूले पसल वन्द गरेर घरको माथि गएको र विहान ८ वजे पसल खोल्न खोज्दा सटर फुटाएको अवस्थामा रहेको सञ्चालक रोशन प्रधानले वताउनु भयो। उहाँले १० केजी चादी, ५ तोला सुन तथा केही चोरहरुले नक्कली सुनका गहना, चोरेर लगेको बताउनुभयो।
उहाँले चोरीको खोजी गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा निवेदन समेत दिइसकेको बताउनुभयो। आफूहरु घरको माथिल्लो तलामा वस्ने गरेको भए पनि चोरी भएको थाहा नपाएको पीडितकी आमा सिद्धी प्रधानले वताउनु भयो।
व्यस्त बजार, मितेरी बैंक समेत रहेको सो स्थानमा २४ सै घण्टा सुरक्षाकर्मी खटिएको स्थानमा चोरी भएपछि व्यापारीहरु सशंकित भएका छन्। वजार क्षेत्रमा २४ सै घण्टा सेक्युरेटी गार्ड समेत रहने गरेका छन् भने चोरी भएको स्थान वडा प्रहरी कार्यालयदेखि करिव २ सय मिटरको दूरी मा रहेको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी चन्द्रदेव राईले चोरी गर्नेलाई पक्राउ गर्न प्रहरी खोजी कार्यमा तदारुकतासाथ लागेको बताउनु हुदै चोर चाडै पत्ता लगाई कारबाही अगाडि बढाइने बताउनुभयो। उहाँले धरानवाट बाहिरिने सबै नाकाहरुमा समेत चेक जाचमा कडाइ गरेको जनाकारी समेत दिनु भयो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b