सन्तोष काफ्ले /एचकेनेपाल डट कम
धरान, १० माघ। मोफसलकै सर्वाधिक लोकप्रिय तथा पूर्वकैै सवै धेरै पुरस्कार राशी भएको एक मात्र अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता बुढासुब्बा रेडेबुल फुटवल प्रतियोगिता को १५ औ संस्करण आगामी चैतमा हुने भएको छ।
प्रतियोगिता धरान १७ स्थित एन्फा एकेडेमीकिो खेलमैदानमा आगामी चैत्र १० बाट सुरु हुने आयोजक धरान फुटबल क्लवले आज बुधवार धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। १५ औ बुढासुब्बा गोल्डकप भव्य रुपले सम्पन्न गर्न आयोजक धरान फुटवल क्लव तयारी सुरु गरिसकेको सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगितामा स्वदेशी तथा र विदेशका गरी १० वटा टीमहरु सहभागी हुने क्लबले जनाएको छ। भारत, भुटान, हङकङ, वंगलादेश अष्ट्रेलियाका विदेशी टिमसहित ए डिभिजनका उत्कृष्ट ४ वटा टीमहरुसहित आयोजक प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो। साथै उहाँले प्रतियोगितमा यो वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरेको जानकारी दिनु भयो।
२०५५ सालबाट विजेतालाई ३५ हजारबाट सुरु भएको बुढासुव्वा गोल्डकप यसपटकको विजेताको राशी भने ३ लाख २५ हजार रहेको छ। त्यस्तै उपविजेताले १ लाख ६२ हजार पाउने र उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउने क्लबले जनाएको छ। पहिलो बुढासुब्बाबाटै मुख्य प्रायोजकका रुपमा रहेको टुवोर्ग भने यसपटक मूख्य प्रायोजक नभई रेडबुलले प्रायोजन गरेको छ।
बुढासुब्बा टुवोर्ग गोल्डकपको रुपमा सञ्चालन हुदै आएको प्रतियोगिता यो वर्षवाट बुढासुब्बा रेडबुल गोल्डकपको रुपमा सञ्चालन हुने आयोजकले जनाएको छ। करीव ४७ लाख ६२ हजार लागत अनुमान गरिएको १५ औं संस्करणका लागि जिवी मार्केटिग प्रालिको मूख्य प्रायोजन गरिरहेको अध्यक्ष राईले बताउनुभयो।
१७ गते सम्पन्न हुने प्रतियोगितामा हरेक टिकट बापत १० रुपैया नेपाल पत्रकार महासंघ सुनसरी धरानको भवन निर्माणको लागि खर्च गरिने अध्यक्ष राईले उद्घोष गर्नुभएको छ। विगत १४ बर्ष देखि पूर्वकै खेल क्षेत्रको उर्बर भूमि धरानमा संचालन हुदै आएको बुढा सुब्बा गोल्डकप प्रतियोगितालाई खेल पर्यटन उत्सवको रुपमा सञ्चालन गर्ने अध्यक्ष राईले जानकारी दिनु भयो।
जी वी मार्केटीङ मुख्य प्रायोजकको रुपमा रहेको १५ औ संस्करणलाई ८ लाख ५० हजार आर्थिक सहयोग गर्ने तथा बेलायत, हङकङ, दुबही, अष्टे«लियामा बस्ने नेपालीहरुले पनि आर्थिक सहयोग गर्ने क्लवले जनाएको छ। त्यस्तै प्याप्सन एनप्याप्सन धरानका उद्योग व्यापारीहरुवाट रकम संकलन गरी प्रतियोगिता भव्य रुपले सम्पन्न गर्नै पनि क्लवका उपाध्यक्ष राईले बताउनु भयो। गोल्डकपको संयोजकको रुपमा रहेको धरान नगरपालिकाले एक लाख ५० हजार सहयोग गर्ने छ भने सहप्रायोजक कोका कोला रहेको पनि जानकारी गराइएको छ।
प्रतियोगितको उत्कृष्ट खेलाडीलाई मोटर साइकल, प्रत्येक खेलको म्यान अफ दि म्याच, सर्वाधिक गोल कर्ता तथा उत्कृष्ठ टिमलाई पनि आर्कषक पुरस्कारको व्यबस्था गरिने पनि सम्मेलनमा जानकारी दिइयो।
अहिलेसम्मका विजेताहरु
वर्ष विजेता – उपविजेता
२०५५ वेल्गोरिया स्पोर्टिङ क्लव – धरान फुटबल क्लव
२०५६ महेन्द्र पुलिस क्लव – धरान फुटबल क्लव
२०५७ धनमुन्दि क्लव (बंगलादेश) – महेन्द्र पुलिस क्लव
२०५८ महेन्द्र पुलिस क्लव – धरान फुटबल क्लव
२०५९ महेन्द्र पुलिस क्लव – फ्रेन्ड्स क्लव
२०६० मनाङ मस्र्ङयादी क्लव – महेन्द्र पुलिस क्लव
२०६१ थ्रि स्टार क्लव – जावालाखेल युथ क्लव
२०६२ अफ्रिकन युनाइटेड क्लव – धरान फुटबल क्लव
२०६३ नविल थ्रि स्टार क्लव – अफ्रिकन युनाइटेड क्लव
२०६४ महेन्द्र पुलिस क्लव – जावालाखेल युथ क्लव
२०६५ नविल थ्रि स्टार क्लव – त्रिभुवन आर्मी क्लव
२०६६ आरसीटी क्लव – नेपाल्र पुलिस क्लव
२०६७ मनाङ मस्याङ्दी – आरसीटी क्लव
२०६८ थ्री स्टार – मनाङ मस्याङ्दी
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b