सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० माघ। धरान रनको आयोजनामा धरानमा प्रथम पटक राष्ट्रिय खुल्ला नेवा च्यारिटी ८ किलोमिटर रन बाल्क (क्रस कन्ट्री) दौड प्रतियोगिता आगामी फागुन ५ गते हुने भएको छ।

आयोजक धरान रनले धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जनाएको हो। प्रतियोगितामा देशभरका ५ सय महिला र पुरुष प्रतियोगीहरु सहभागी बन्ने अध्यक्ष मनिस तामाङले जानकारी दिनु भयो।

धरानको भानुचोकबाट सुरु भई पुन भानुचोकमा आई टुंगिने प्रतियोगितामा विजेता महिला तथा पुरुषहरुले क्रमशः जनही २०–२० हजार, दोस्रो हुने महिला तथा पुरुषलाई जनही १५ १५ हजार र तेस्रो हुने पुरुष महिलालाई नै जनही १० १० हजारसहित मेडल, प्रमाण पत्रसहित पुरस्कृत गरिने अध्यक्ष तामाङले वताउनु भयो।

त्यस्तै, तीनजना महिला र तीन पुरुषलाई सान्तवना पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। नेवा फण्ड राइजिग गर्ने उद्देश्यले संचालन हुन लागेको प्रतियोगिता आगमी वर्षबाट निरन्तर हुने समेत बताउनुभयो।

करीव साढे ९ लाख खर्च अनुमान गरिएको प्रतियोगिताले पूर्वाञ्चलको आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन हुने विश्वास लिइएको छ। २ वर्ष अघिदेखि सुरु भएको धरान रनलाई युकेमा रहेका धराने सन्तोष राईले संचालन गरेका हुन्। हालसम्म १७ सय सदस्यहरु धरान रनमा सहभागी भइसकेको छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस