हङकङ, २२ जनवरी। हङकङको उच्च अदालतले बलात्कार अभियोगमा एक नेपाली युवकलाई ५ वर्ष जेल सजयाको फैसला सुनाएको छ।
बार एटेन्डन्टका रुपमा कार्यरत २८ वर्षीय सञ्जीब गुरुङले २० वर्षीया चिनीयाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि अदालतले सो फैसला सुनाएको हो।
अदालतका अनुसार गुरुङले नयाँ वर्षको दिन साथीलाई भेट्न लन क्वाई फोङमा पुगेकी ती युवतीलाई मादक पदार्थ सेवन गराएका थिए। उनी होटल फर्किने बेला गुरुङले पिछा गर्दै वान चाईस्थित एक होटलमा लगेर बलात्कार गरेका थिए। गुरूङले मलद्वारमा समेत यौन सम्पर्क गरेको युवतीको आरोप थियो। नशाले अर्धचेत अवस्थामा रहेपनि ती युवतीले बलात्कारको घटना सम्झेको अदालतले जनाएकोछ। अदालतले घटनालाई एनल रेप भनेको छ।
नयाँ वर्ष जनवरी १ तारिख साँझ ती युवती साथीलाई भेट्न लन क्वान फोङ पुगेकी थिइन्। साथीलाई नभेटेपछि उनी गुरुङ कार्यरत बारमा पसेकी थिइन्। एक्लै भेटिएकी ती युवतीलाई मादक पदार्थ सर्भ गरेका गुरुङले अर्धचेत अवस्थामा होटलमा लगेर बलात्कार गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो। यसअघि, सामाजिक कार्यमा संलग्न रहेको भन्दै उनलाई ३ महिना जेल सजया मिनाहा गरेको अदालतले फैसलामा सुनाएको छ।
हङकङमा रात्रि जीवनका लागि प्रख्यात मानिने लन क्वान फोङमा सन् २०१० जुन २९ तारिख पनि एक विदेशी युवतीमाथि सामुहिक बलात्कार भएको समाचार सार्वजनिक भएको थियो। त्यस घटनामा समेत नेपालीलाई दोषी ठहर गरेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b