डम्बर सुब्बा / एचकेनेपाल डट कम –
दक्षिण कोरिया, रोजगारीको सिलसिलामा १० महिनाअघि कोरिया आएका तेह्रथुम सुडनाम २ मालबासे निवासी सकिन्द्र सुब्बा अपलाष्टिक अनेमिया (रगत उत्पादन हुन रोकिने रोग) बाट पीडित भएका छन्।
उनको गत २ हप्तादेखि मासानको सामसुड अस्पतालमा उपचार भई रहेको उनको सहकर्मी मनिक लामाले जानकरी दिएका छन्।
चिकित्सकले बिमारीसंग ब्लड र मांसी मिल्ने व्यक्तिले मांसी अनुदान गर्न राजी भएमा तुरुन्त अप्रेशन गर्नु पर्ने बताएका छन्। अप्रेशन गर्न धेरै खर्च लाग्ने र सिओलमा लानु पर्ने सल्लाह दिएकोले अर्को हप्तामा सिओलमा लाने तयारी भइरहेको लामाले बताए।
उनले अपरेशन गर्न धेरै खर्च लाग्ने बताएका छन्। मांशी अनुदानको लागि नेपालबाट बिमारी सुब्बाको आफन्तलाई कोरियामा बोलाउन चिकित्सकले सल्लाह दिएको बताए।
मासानको छिलगुगस्थित एक आल्मोनियम कम्पनीमा कार्यरत सुब्बा महिना दिनदेखि नाकबाट लगातार रगत बगि रहने भएपछि अस्पतालमा गएर जांच गराउंदा उक्त रोग लागेको थाहा भएको थियो।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले बिमारीको उपचारको लागि संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरि दिन अपिल गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस