निमकान्त पाण्डे /एचकेनेपाल डट कम-
साउदी अरब, २२ जनवरी। वैदेशिक रोजगारका लागि साउदी अरबमा तीन बर्षदेखि काम गर्दै आएका १५ नेपाली घरजाने बेलामा कम्पनीले बिचल्लीमा पारेको छ।

नेपाल सरकारबाट स्वीकृत पाप्त मेनपावर कम्पनी (Nepal get way overseas pvt.ltd),( Humour overseas pvt.Ltd)र (Star overseas pvt.Ltd) बाट दमाममा रहेको Jehan contracting company मा कामको लागि आएका त्यस कम्पनीले रिहाद स्थित पिज्जा ईन रेस्टुरेन्टमा सप्लाएरमा दिईएको कुरा पछिमात्र उनीहरुलाई थाहा हुन आएको हो।

पटक पटक छुट्टी जान खोज्दा छुट्टी पनि जान नदिएको अन्ततः ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटिएर दिन काट्ने गरिरहेका छन्। यसरी समस्यामा पर्नेहरूमा बद्रि बराल, नारायण प्रसाद पौडेल, बुक्तुक भोटे, राम थापा, कृष्ण प्रसाद चौधरी, श्याम प्रसाद राई, लोक बिक्रम थापा, धनपति पाण्डे, अमित सुब्बा, तुलसी प्रसाद खनाल, लक्ष्मण खतिवडा, नवराज खड्का, असोक घर्ति, मनराज गुरुङ र बुद्धलाल लामा छन्।

समस्यामा परेपछि पीडितले दुबईमा कार्यरत आफ्ना दाजुलाई टेलिफोनमार्फत जानकारी गराउँदै आफूहरूलाई तत्काल उद्धार गरि नेपाल फर्काउन अनुरोध गरेका छन्।

अभद्र ब्यबहार प्रयोग गर्दै कम्पनीले दिनहु धम्कि दिने गरेपछि नेपाली राजदूताबासमा आफूहरुमाथि अन्याय भएको जानकारी दिनहु दर्साउदा र पन्ध्र जनाले नेपाली दूताबास रिहादमा निबेदन दिई सकेको (फाईल न.२१) पनि कुनै सुनुवाई नभएकोमा अत्यन्तै निरास छन् भने हाल यस मुद्दालाई लेबरकोटमा दर्ता गरिएको छ।

वास्तविकता थाहा भएपछि कम्पनीमा फसेका ९६ जना नेपालीहरु नेपाल जान खोजि रहेका छन्। आफूहरु नराम्रोसग फसिएको हुंदा उद्धारका लागि पहल गर्न पनि सम्बन्धित निकायसंग आग्रह गरेका छन्।

कम्पनीबाट मानव अधिकार हनन र श्रमशोषण भैरहेको बेला दूताबासबाट उक्त कम्पनीमा फोन सम्पर्क मात्रै गरिएको छ भने दूताबासले कम्पनीमा फोन सम्पर्क गरेपछि पीडितहरुलाई कम्पनीले अपशब्द तथा धम्कीहरु दिने गरेको पीडितहरु बताउंछन्। अन्य उपाय अबलम्बन नगरी नेपली दूताबास साउदी अरब यसरी मौन बस्नु कहाँसम्मको जिम्मेवारी होला अबश्य पनि बिदेशमा नेपाल सरकार भनेकै राजदूताबास भएको हुंदा यसको लागि कुट्नैतिक पहल गरी उद्धार गर्नु पर्ने अवस्था श्रृजना भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस