एचकेनेपाल डट कम संवाददाता-
नेपाली सांगीतिक क्षेत्रमा करिब ५ बर्ष अगाडी सबै फूलमा सुबास हुन्न रैछ लालुमै भन्दै पाईला टेकेका गायक नबिन गुरुङ आफ्नो महत्वपूर्ण एल्बम लिएर छिट्टै नै बजारमा आउने भएका छन्।
हाल केही गीत रेकर्डिङ गरेर र केही रेकर्डिङ गर्ने क्रममा रहेका यी गायक नबिन गुरुङको दोश्रो एल्बमको नाम पनि जुराई सकेका छन्। यिनले आफ्नो दोश्रो एल्बमको नाम पुर्खा राखेका छन्। लोक शैलीको गीत लालुमैबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका यी गायकले यस एल्बममा पनि लोक शैलीलार्इ नै पछ्याएका छन। पुर्खामा नेपाली शैली वा नेपालीपन झल्कने गीत संगीतहरुलाई युवा पुस्ताले मन पराउने शैलीमा निर्माण गर्ने कोसिश गरेको बताउछन् गायक नबिन गुरुङ।
पुर्खामा नेपाली संस्कृति झल्कने झ्याउरे, कौडा तथा सुदूर पश्चिमे भाका जस्ता गीतहरुलाई नयाँपन दिने प्रयास गरेको उनी बताउछन्। यस एल्बममा नबिन आफैंले पनि शब्द संगीत गरेका छन् भने उनको अलबा किशन गुरुङ तथा चर्चित संचारकर्मी, गीतकार तथा संगीतकार आरजु बिष्ट “सल्यानी”को गीत तथा संगीत रहने भएकोछ।
एसियन म्युजिकबाट बजार ब्यबस्थापन हुने उनको एल्बमको पहिलो गीत सलल पानी गंगाको तिरैमाको भर्खरै मात्र प्रोमो तैयार भएको र नेपाली टेलिभिजनहरुमा समेत बज्न थालिसकेको उनले बताएका छन्। यस गीतमा शब्द संगीत तथा स्वर गायक नबिन आफ्नै रहेको छ।्र उनका अनुसार यो गीत पश्चिमे झ्याउरे भाकामा आधारित रहेको छ।
आफूले आउन लागेको एल्बम पुर्खा नेपाली संस्कृति,संस्कार र गीत संगीतको सम्बर्द्धनप्रति केन्द्रित रहेर तैयार पारिरहेको बताएका छन्। यस एल्बममा आफूले धेरै समय र मिहेनत लगाएकोले यस एल्बमबाट आशाबादी रहेको बताएका छन्।
पुर्खाका सम्पूर्ण गीतहरुको संगीत संयोजन साहस शाक्यले गरेका छन् भने उनले राजधानीको भर्ज्जिन भ्वाइस, ए वान म्युजिसियन आदि रेकर्डिङ स्टुडियोहरुमा आफ्नो गीत रेकर्डिङ गराईरहेका छन्।
एसियन म्युजिक सेन्टरका प्रवन्धक ईश्वर गुरुङले आफूले नबिनको गीत सुन्ने बित्तिकै मन पराएको र नेपाली सांगीतिक क्षेत्रमा यस्तो गीतको खाँचो भएको महसुस गरेर पुर्खा एल्बम आफूले निकाल्ने निचोड गरेको बताएका छन्। उनले यस्ता खाले गीत संगीतले नेपाली युवा पुस्तालाई नेपाली संगीततर्फ आकर्षित गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b