सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
‘सम्झनाले आज भोलि’ गीतबाट नेपाल सांगीतिक क्षेत्रमा आफूलाई चिनाउन सफल गायक एपी शेर्पा आफ्नो तेस्रो एल्बम ‘खबर’ ल्याउने तयारीमा छन्।

यसअघि ‘सुन्दर सपना’ र ‘मिहिनेत’ एल्बम बजारमा खड्का, लाक्पा शेर्पा, खेमराज गुरुङ, शिशिर वाङदेल, राइमन राई, बसन्त मुकारुङ, भुवन सुप्तिहाङ राईको संगीत तथा कुमार विवाहित, टिका चाम्लिङ, खेमराज गुरुङ, राइमन राई, बसन्त मुकारुङ र बुद्धबीर लामाको शब्द रहेको छ।

गएको तिहारको मौका पारी एल्बममा रहेको ‘भाइटीकामा भेट्न आउनु है’ बोलको गीतको भिडियो रिलिज गरिएको थियो। उक्त भिडियोले राम्रो रेस्पोन्स पाएपछि उत्साहित गायक एपीको अर्काे गीत ‘के छ खबर’ को भिडियो समेत रिलिज भइसकेको छ।

आउँदो साता भव्य कार्यक्रमका बीच विमोचन गरी एल्बमलाई बजारमा ल्याउने तयारी भइरहको छ। एल्बम रिलिजसँगै एल्वम प्रमोशनका लागि मेचिदेखि महाकालीसम्म हिड्ने योजना बुनेका छन् गायक एपी शेर्पाले।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस