प्रेम न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ८ माघ। छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमाविले पोखरा र·शालामा जारी १० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा सोमबार भएको छात्रतर्फको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले सरस्वती आदर्श विद्याश्रम लामाचौरलाई ३१–३० ले पराजित ग¥यो। मनकामनाको जीतमा गिमेन पुनले सर्वाधिक १३ स्कोर गरेका थिए।तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण उमाविले कुमुदिनी होम्सलाई ४१–२१ ले पराजित ग¥यो।माउण्टको जीतमा तारा पुनले सर्वाधिक १६ स्कोर गरेका थिए।

छात्रातर्फको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमाविले मनकामना बोर्डिङ स्कुललाई ३४–९ ले पराजित ग¥यो। माउण्टको जीतमा किस्मा पुर्जाले सर्वाधिक १३ स्कोर गरेकी थिइन्। तेस्रो स्थानको लागि भएको खेलमा टप्स उमाविले मेरीगोल्ड स्कुललाई २३–१० ले पराजित ग¥यो। टप्सको जीतमा शशी चौधरीले सर्वाधिक १४ स्कोर गरेकी थिइन्। दुवै विधाका प्रथम, द्वितीय र तृतीय टीमलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रमका गणेश बस्नेत तथा छात्रातर्फ माउण्ट अन्नपूर्ण उमाविका समीक्षा पुन बेस्ट प्लयेर घोषित भए।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य दीलिपविक्रम शाही, मुख्य प्रायोजक कर्णेल जेपि क्रस, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम गुरुङ, प्रतियोगिता संयोजक नेत्रबहादुर सेन, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङ, भूपू खेलाडी मञ्चका सल्लाहकार मेजर दिलबहादुर गुरुङ, कास्की जिल्ला ब्याडमन्टिन सङ्घका अध्यक्ष खेम गुरुङ, राष्ट्रिय अपा· महासङ्घ कास्कीका अध्यक्ष गंगाबहादुर खड्का, कास्की जिल्ला बास्केटबल सङ्घका सल्लाहकार दिलबहादुर गुरुङ, सङ्घका उपाध्यक्ष नन्दबहादुर पुन, कास्की जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष देवीजंग गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, टप्स उमाविका संस्थापक रत्नमान गुरुङ, स्टेप बाई स्टेप उमाविका संस्थापक रमाकामन्त बराल, माउण्ट अन्नपूर्ण उमाविका प्रिन्सिपल रामजी शर्मा, सङ्घका सचिव खड्ग गुरुङ, सदस्य जगबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि राखेप सदस्य दीलिपविक्रम शाही र भूपू खेलाडी मञ्चका अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङले विजेता तथा उपविजेता टीमलाई शुभकामना तथा बधाई मन्तव्य राखेका थिए। प्रतियोगिता संयोजक नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचार–प्रसार संयोजक धोजकुमार गुरुङले गरेका थिए।चार दिनसम्म सञ्चालित सो प्रतियोगितामा छात्रतर्फ आठ तथा छात्रातर्फ पाँच टीमको सहभागिता रहेको थियो।सो अवसरमा मनकामना र माउण्ट अन्नपूर्ण उमाविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस