सन्तष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ८ माघ। लोडसेटिङ र चन्दा आतङ्कका कारण आफुहरु नेपालवाट विस्थापित हुने अवस्था आएको पूर्वमा उद्यागी व्यवासायी हरुले वताएका छन्।
दैनिक १४ घण्टा भन्दा वढि समय हुने लोड सेटिङ तथा विभिन्न राजनीतिक दलका नाममा वढेको चन्दा आतङका कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको उनीहरुको भनाई छ।
सुनसरी उद्योग वाणिज्य संघको ३२ औ साधारण सभा तथा चेम्बर गेष्ट हाउस उद्घाटन समारोहमा वोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले आफूहरुलाई राज्यले सुरक्षा दिन नसकेको आरोप समेत लगाए।
राजनीतिक दलका नाममा जवरजस्ति चन्दा माग्ने तथा आफ्ना कामदारहरुलाई विना सूचना निकाल्ने र जवरजस्ति आफ्ना कार्यक्रममा लग्ने गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष मोनकाजी शाक्यले वताए। उनले आफूहरुलाई जवरजस्ति गर्नेमाथि कारबाही नभएको तथा ऐन कानुनको कार्यान्वयनमा राज्य मौन रहेको आरोप लगाए।
उनले टेण्डरमा वढ्दै गएको गुण्डा नियन्त्रणमा समेत राज्य मौन वसेको कारण खुल्ला प्रतिस्पर्धामा आफूहरुले काम गर्न नसेको वताए।
सुनसरी उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष पवनकुमार अग्रवालले पछिल्लो समयमा उद्योगीहरु असुरक्षित हुदै गएको वताए। केही दिन अगाडि अपहरणमा परेका विराटनगरका उद्योगी गंगाविसन राठीको प्रसङ उठाउदै उनले आफूहरुलाई मागे जति चन्दा नदिए अपहरण तथा हत्या गर्ने सम्मका धम्की आउने गरेको वताए।
उनले चन्दा नदिएकै कारण आफ्नो उद्योग धन्दामा आक्रमण हुने गरेको कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको वताए। केही दिन अगाडि आफ्नो काठमाडौमा रहेको गर्ग डेण्टल प्रालिमा नेकपा माओवादीको नाममा ५० लाख चन्दा मागेको र आफूले दिन नसक्ने वताएपछि प्रालिमा तोडफोड गरेको जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारलाई उनले उद्योगीको सुरक्षासगै आफ्नो उद्योगमा तोडफोड गर्नेमाथि कडा कारबाही गर्न माग समेत गरे।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेष जाजुले सरकारले उद्योगीको सुरक्षा गर्न नसके नेपालमावाट विस्थापित हुनुको विकल्प नरहेको वताए। साथै उनले उपप्रधान तथा गृह मनत्रीसंग जारी लोडसेटिङको अन्त्य नभए आफूहरु उद्योग धन्दा वन्द गर्न बाध्य हुने भन्दै लोडसेटिङको विकल्प खोजिदिन आग्रह गरे।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले भने उद्योगीका गुनासा सुने पनि उनीहरुका गुनासाप्रति कुनै प्रतिक्रिया दिएनन्। लगभग एक घण्टा लामो भाषणमा उनले राजनीतिक कुरा गर्न भ्याए तर उद्योगीका गुनासामा प्रतिक्रिया दिन भ्याएनन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
