सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, ८ माघ। नेपालका नेता हरु फरक फरक खालका छन्। सहमति गर्न नसकेको कारण देश झन झन संकटमा फसिरहेको छ। अहिले साना दलका केही नेताहरु ठूला दलका कारण देश व्याप्त संकटको समाधान हुन नसकेको आरोप लगाउदै आफूहरुले सरकारको नेतृत्व पाए सामाधान गर्ने वताइरहेका छन्।

ती मध्येका एक नेता हुन मधेशी जनाधिकार फोरम लाकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छेदार। नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री समेत रहेको गच्छेदारले देशलाई संकट मुक्त गर्ने भाषण गर्दै हिडे पनि उनलाई जनताका गुनसा भन्दा पनि निन्द्रा प्यारो रहेको पाइएको छ।

प्रसङ्ग हो सुनसरी उद्योग वाणिज्य संघको ३२ औ साधारण सभाको उद्घाटन सत्रको। यो कार्यक्रममा उपस्थित रहेको उद्योगी व्यवसायीहरुले सुरक्षाका माग गरिरहदा उनी भने मस्त निन्द्रामा थिए। उद्योगीहरु आफूहरु असुरक्षित हुदै गएकोले सुरक्षाको माग गरिहेको थिए तर मन्त्री भने निन्द्रामा कुनै सपना देखिरहेका थिए।

कार्यक्रममा वोल्ने उद्योगीहरुले केही दिन अगाडि अपहरणमा परेका विराटनगरका उद्योगी गंगा विषन राठीलाई अपहरण मुक्त गरिदिन पहल गर्न आग्रह गर्दे थिए मन्त्रीलाई तर मन्त्रीलाई उनिहरुको कुरा सुन्न फुर्सद थिएन। निन्द्राले छोडेपछि पनि उनी कि त मोवाइलमा व्यस्त हुन्थे कि त अन्यसंग कुरा गर्न मै व्यस्त हुन्थे। लोडसेटिङसगै चन्दा आतङवाट आफूहरुलाई मुक्त गर्न आग्रह गरिहेका उद्योगीहरु उनको निन्द्रा मोह देखेर खिन्न समेत भएका थिए।

देशका मन्त्रीहरु यसरी निन्द्रामा मस्त भएपछि अनि कसरी आशा गर्ने यिनले जनताका समस्या बुझ्न सक्छन् भनेर? कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गच्छेदारले लगभग १ घण्टा लामो भाषण समेत उद्योगी व्यवसायीका गुनासामा प्रतिक्रिया नजनाएपछि पनि प्रमाणित हुन्छ कि उनलाई जनताका गुनासा सुन्न भन्दा पनि निन्द्रा प्यारो रहेको। आफूलाई राष्ट्रपतिले समेत देशलाई निकास दिन आग्रह गरेको आफूले चाहेमा सक्ने उनको कुरामा कसरी विश्वास गर्ने?

हेर्नुहोस् भिडियो- भिडियोः सन्तोष काफ्ले /एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस