सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
काठमाडौं, ७ माघ। आगामी फागुन १२ गते धरानमा आयोजना हुने मिस पूर्वाञ्चलको चौथो संस्करण तथा आउँदो चैत्र २ गते काठमाडौंमा आयोजना हुने मिस नेपालको अठारौं संस्करणको अडिसनको तयारी भइरहेको छ।

मिस पूर्वाञ्चल २०१२ का विजेताहरु

मिस पूर्वाञ्चलको लागि आउँदो माघ ११ गते बिहीबार विर्तामोडको माइलाइफ हनुमान सेन्टर र दमकको होटल कामक्षमा, माघ १२ गते शुक्रबार विराटनगरको हाटखोलास्थित गुरुकुल भवनमा र इटहरीको इटहरी नगरपालिकास्थित सांस्कृतिक भवनमा र माघ १३ गते शनिबार धरानस्थित रत्ना इन होटलमा अडिसनको तयारी भइरहेको छ। कार्यक्रमलाई वृहत रुपमा पूर्वाञ्चलभरीबाट सहभागीहरु बढाउन विभिन्न शहरहरुमा अडिसनको आयोजना गरिएको इभेन्ट कोअर्डिनेटर छत्र लिम्बूले बताए।

मिस पूर्वाञ्चलमा भाग लिन चाहने युवतीहरुले www.facebook.com/misspurwanchal बाट फर्म डाउनलोड गरी फर्म भर्न सक्नेछन्। अडिसन काठमाडौंमा समेत गर्ने योजना भइरहेको र सबै ठाउँको अडिसनबाट छानिएका प्रतियोगिताहरुलाई कोरीयोग्राफर प्रियारानी लामाले प्रशिक्षण दिनेछन् भने अन्य विशेष प्रशिक्षकहरुबाट समेत पर्यटन, इतिहास, संस्कृति, व्यक्तित्व विकास, कला, फेशन लगायतका विभिन्न विषयमा प्रशिक्षण गराइनुका साथै विभिन्न सामाजिक कार्यहरुमा समेत भाग लिन लगाइनेछ।

गएको वर्षहरुमा ट्राफिक सचेतना, रक्तदान, आँखादान लगायतका कार्यहरुमा समावेश गराइनेछ। करीव १ महिनाको ट्रेनिङबाट आगामी फागुन १२ गते मिस पूर्वाञ्चल २०१३ फस्ट रनर अप, सेकेण्ड रनर अपसँग मिस पर्सनालिटी, मिस चार्मिङ्ग, मिस ट्यालेन्ट, मिस स्माइल, मिस फोटोजेनिक र पब्लिक च्वाइस लगायतको एवार्ड वितरण गरिनेछ।

सिल्भर इन्टरटेण्टमेन्ट र हाइट इभेन्टको आयोजना तथा भिआइपि मस्कको सहभागितामा आयोजना हुने मिस पूर्वाञ्चलको टाइटल विजेताले स्कुटीसँगै एसियन कलेज अफ म्यानेजमेन्ट ललितपुरमा निःशुल्क छात्रवृत्तिको पुरस्कार पाउनेछ। फस्ट र सेकेण्ड रनर अफले पनि नगर पुरस्कारसँग सोही कलेजमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ भने अन्य टाइटल विजेताहरुले पनि नगद पुरस्कार पाउनेछ।

त्यस्तै मिस नेपालको लागि आगामी माघ १२ गते शुक्रबार रत्ना इन होटलमा अडिसनको आयोजना भइरहेको आयोजक हिडेन ट्रेजरले जनाएको छ। प्लस टु उत्तीर्ण र १९ देखि २५ वर्ष उमेरका युवतीहरुले अडिसनमा भाग लिन पाउने र अडिसनमा छानिएकाहरुलाई काठमाडौंमा हुने फाइनल प्रतियोगिताको लागि बोलाइने छ एक महिने प्रशिक्षणमा राखिने हिडेन टे«जरले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस