नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)
केन्द्रिय कार्यालय
महादेवस्थान मार्ग, कोटेश्वर — ३५, पो.ब.नं. २७३७ काठमाडौं, नेपाल
फोन ः २०५०१२६, फ्याक्स ४६००२६९

नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमबुद्ध जन्मेका हुन् भन्ने कुरा संयुक्त राष्ट्र संघको यूनेस्कोले लुम्बिनीलाई बिश्व सम्पदा सूचिमा राखेको कुराले पनि प्रष्ट गरिसकेको छ । यो यथार्थ बिभिन्न ऐतिहासिक उत्खनन, प्रमाण र सामाग्रीहरुबाट प्रष्ट भइसकेको अकाट््य र अखण्डनीय यथार्थ हो । तर नेपालका बर्तमान पर्यटन तथा संस्कृति मन्त्री, त्यस मन्त्रालयका सचिव र पर्यटनसँग सम्वन्धित नेपालका अन्य अधिकारीहरुकै अगाडि भारतीय राजदूत जयन्तप्रसादको उपस्थितिमा भारतीय पर्यटन बोर्डद्वारा नेपालको लुम्बिनीमा आएर गौतमबुद्ध भारतमा जन्मेका हुन् भन्ने किताब र ब्रोसिय बाडिदा पनि त्यस्तो गम्भीर कुराप्रति नेपाल सरकारले कुनै चासो र चिन्ता न देखाउनु र बिरोध नगर्नु नेपालको राष्ट्रियता, सार्वभौमिकता र ऐतिहासिक महत्वको स्वाभिमानमाथि अत्यन्तै ठूलो प्रहार हो भन्ने नेपाल कम्युनिष्ट पार्टी(संयुक्त मार्क्सवादी) घोर आपत्ति जनाउँदै तीब्र भत्र्सना गर्दछ।

नेपालको शाक्य गणतन्त्रका सुद्धोधन राजाका छोरा सिद्धार्थ गौतम नेपालमा जन्मेको र त्यस स्थानमा भारतका सम्राट ओशोकले पनि स्तम्भ राखेर प्रमाणित गरिसकेको कुराको भारतीय अधिकारीहरले खण्डन गर्दै लुम्बिनी भारतकै उत्तर प्रदेशमा पर्दछ भन्ने कुरा गरिरहँदा पनि चुइक्क नबोल्ने बर्तमान सरकार कसको हितमा काम गर्दछ भन्ने गम्भीर र संबेदनशील प्रश्न उठेको छ । यस्तो आत्मसमर्पणबादी प्रबृत्तिका बिरुद्ध सम्पूर्ण जागरुक नेपाली जनतालाई एकजुट भएर आवाज उठाउन पनि नेकपा(संयुक्त मार्क्सवादी) जोडदार आग्रह गर्दछ।
२०६९ माघ ७
(लोकनारायण सुवेदी)
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी(संयुक्त मार्क्सवादी)

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस