दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ७ माघ। पोखरा रंगशालामा यही माघ ९ देखि संचालन हुने पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रचारको लागि आइतबार पोखराका मुख्य बजारमा दोहोरी गीत प्रस्तुत गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी नेपाल, पोखरा लोक संगीत समूहका कलाकारहरुको प्रस्तुती रहेको थियो।
प्रतिष्ठानका सचिव जीवन दाहालको नेतृत्वमा टोलीले पोखराको पृथ्वीचोक, हरिचोक, चिप्लेढुंगा, काँहुखोला चोक, अम्मरसिंह चोक, हल्लनचोकमा फुटवल सम्बन्धि लोक दोहोरी गीत प्रस्तुत गर्दै पोखरेलीहरुलाई आहा रारा गोल्ड कपमा सहभागिताको लागि निम्तो बाँड्न पनि उक्त कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ।
तस्विरः उमेश पुन / एचकेनेपाल डट कम
पोखरामा फुटवलको महोत्सव आहा रारा गोल्ड कपको अन्तिम तयारीको अवसरमा पोखरेलीहरुको मनमनमा आहा राराको रौनक दिन पनि उक्त कार्यक्रम आयोजना भएको सहारा क्लबका अध्यक्ष विक्रम थकालीले बताए।
माघ २० गतेसम्म संचालन हुने ११ औं संस्करणको अन्तर्राष्ट्रिय अन्तर क्लब फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कप २०६९ मा भारतका दुई सहित १२ टिमको सहभागिता रहने भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b