महेन्द्र थापामगर /एचकेनेपाल डट कम-
दोहा, २० जनवरी। नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा शुक्रबार दोहास्थित कर्नेसको म्यूजियम पार्कमा मगर समुदायमा माघी पर्व मनाईयो।

संघका केन्द्रिय अध्यक्ष भिम तरामुमगरको सभापतित्व तथा संघका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष देवबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि संघका सल्लाहकार सदस्य प्रकाश आलेमगर हुुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा संघका सल्लाहकार जनक थापामगर, पूर्व सल्लाहकार श्री डि.एन्. पाङ्मी मगर लगायत एरिया तथा इकाई समितिका अध्यक्षहरु रहेका थिए। बरिष्ठ उपाध्यक्ष महेन्द्र थापामगरले मगर समुदायमा माघी पर्व मनाईनुको र यस पर्वको महत्व बारे जानकारी दिनुभयो।

शुभकामना मन्तव्यको क्रममा प्रमुख आतिथि तथा संघका प्रमुख सल्लाहकार देव बहादुर रानामगरले माघीको शुभकामना दिनुका साथै प्रवासमा रहेर पनि हामीले आफ्नो रितिरिवाजलाई बिर्सन नहुने बताउँदै हरेक बर्ष मगर संघले आयोजना गर्ने यस प्रकारका कार्यक्रममा सरिक हुन आग्रह गर्नुभयो।

त्यसैगरी, शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा सल्लाहकार प्रकाश आलेमगर, पुर्व सल्लाहकार डि.एन. पाङ्मी मगर, दोहा एरिया समितिका अध्यक्ष केशव रानामगर, सनैयाँ–ए एरिया समितिका का.वा. अध्यक्ष मिन बहादुर थापामगर तथा सनैया–बी एरिया समितिका अध्यक्ष मदन आलेमगर हुनुहुन्थ्यो।

कार्यक्रमका लागि केन्द्रिय महिला सदस्यद्वय खगी पुनमगर र लक्ष्मी घर्ती मगर तथा अर्का सहयोगी चेली सम्झना लिम्वुले मिठो सेलरोटी र अचार, साथै दोहा एरिया समितिका सहकोषाध्यक्ष तिलक मगरले सिमल तरुल बनाएर सहयोग गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति भिम तरामुमगरले माघीमा पर्व मनाउन आउनुहुने सबैलाई धन्यवाद दिनुहुँदै आगामी मार्चमा हुन गईरहेको ३१औं मगर दिवसलाई भव्यरुपमा सफल बनाउन सबैलाई आवश्यक कार्यबिभाजनसँगै आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह गर्नुभयो।

सहकोषाध्यक्ष रमेश आलेमगरले कार्यक्रम सञ्चालनमा गर्नुभएको थियो। कार्यक्रममा केन्द्रिय तथा एरिया सदस्यहरु लगायत अन्य मगर तथा गैर मगरहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस