सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ६ माघ। धरानमा भएको एकदिने सुनसरी टेक्निकल कलेज गल्फ एम्चेयर ओपन राष्ट्रिय प्रतियोगिताको उपाधि इटहरीका रामबहादुर तामाङले जितेका छन् भने महिलातर्फ नोरिना पोख्रेलले जित हात पारेकी छन्।

धरानको निर्माण हेल्ट एण्ड गल्फ कन्ट्रीको मैदानमा आज शनिवार भएको खेलमा पुरुषतर्फ इटहरीका तामाङ्गले ४३ स्कोर गर्दै जित हात पारेका थिए भने २६ स्कोर गर्दै महिलातर्फ नोरिनाले जित हासिल गरेकी हुन्।


विजेता तामाङलाई शिल्ड प्रदान गर्दै पूर्वाञ्चलका क्षेत्रिय प्रशासक जनार्दन नेपाल (दाया) फोटोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

तामाङले धरानका अशोक लिम्बु पछि पार्दै र नोरिनाले शिला राईलाई पछि पार्दै विजेता बने। जितसंगै विजेता पुरुष तथा महिला गल्फ खेलाडीलाई ट्रफी र प्रमाणपत्र हात पारेका छन्।

धरान गल्फ क्लबको आयोजना तथा सुनसरी टेक्टिकल कलेजको प्रायोजनमा भएको सो खेलमा फस्ट रनरअपको उपाधि अशोक लिम्बु र सेकेन्ड रनरअपको उपाधि सन्तोष लिम्बुले प्राप्त गरे।

यस्तै महिला तर्फ फस्ट रनरअप शिला राई घोषित भइन्। यस्तै नियरेष्ट टु द होल्डको उपाधि इन्द्र राई, लङ्गेस्ट फाइभको उपाधि धरानमा पूर्ण लिम्बु र वेष्ट खेलाडीको रुपमा अर्जुन सुनुवारलाई घोषित गरिएको छ ।

विजेतालाई पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो । एकदिनमात्र सञ्चालन भएको सो खेलमा महिला तथा पुरुष गरी जम्मा ३५ जनाले सो खेलमा प्रतिष्पर्धा गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस