prachandaएचकेनेपाल डट कम संवाददाता-
पोखरा, ६ माघ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीलाई घेराबन्दीमा नपार्न चेतावनी दिएका छन्।

पोखरामा शनिवार सुरु भएको पार्टीको पाँचौ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले आफ्नो पार्टीलाई विपक्षीहरुले घेराबन्दी पारे यसअघि भएका विस्तृत शान्ति सम्झौताहरु तोडेर नयाँ विद्रोह सुरु गर्ने चेतावनी दिएका हुन्।

प्रचण्डले हतियार व्यवस्थापन र सेना समायोजन सकियो भनेर माओवादीलाई घेराबन्दी पार्न खोजेमा त्यसको गम्भीर परिणाम निस्कने चेतावनी दिए। आफ्नो पार्टीलाई घेराबन्दी गर्न खोजे माओवादीले आसन्न सातौं महाधिवेशनबाट अर्को क्रान्ति कार्यनीति बनाएर ३ करोड जनता लिएर नयाँ खालको बिद्रोहमा निस्कने उनले बताए।

उनले समारोहमा बोल्दै शान्ति प्रक्रियालाई असफल पार्न चाहने जाली फटाहा र सामान्ती शोषकहरुले देशलाई बर्वादीतिर लान खोजेको बताए। जनता र पार्टी एकताले मात्र ठूला परिवर्तन सम्भव हुने बताउंदै परिर्तन र क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस