एचकेनेपाल डट कम संवाददाता-
यहाँका नेपालीहरुले हङकङको लान ताउ टापुस्थित प्रशिद्ध पर्यटकीय तथा बौद्धमार्गीहरुका पवित्र तीर्थ स्थल ‘बिग बुद्ध’मा पुगेर विश्व शान्तिको प्रार्थना गरेका छन्।
तबलाबादक हरि श्रेष्ठ, गायक गणेश पराजुली, मार्जो टु, पूर्ण प्रजापति, माणिकलाल शाह तथा संगिता श्रेष्ठलगायतका कलाकार तथा नमो बुद्ध आमा समूहका सदस्यहरु पुगेर भीमकाय बुद्धको सालिकमुनि प्राङ्गनमा भजन किर्तन गरेका थिए।
कार्यक्रमको लागि बिशेष पहल गरेका कलाकार हरि श्रेष्ठले बिग बुद्ध घुम्न जाने पर्यटकहरुलाई बुद्धको जन्म स्थानबारे सही सूचना र विश्व शान्तिको सन्देश दिन त्यहाँ पुगेको बताए। ‘बुद्ध भारतमा जन्मेको भन्ने गलत प्रचार भइरहेको छ। त्यसको खण्डन गर्न सही सूचना प्रवाह गर्नु पर्छ।’ बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरसहित हङकङ र चीनमा हुने विभिन्न कार्यक्रममा भेटिने श्रेष्ठले भने- ‘धेरैले बुद्धको जन्म स्थानबारे सही तथ्य थाहा नभएर गलत सूचना ग्रहण गरिरहेका छन्।’ उनले भने- ‘आफू बुद्धको देशबाट आएकोले यस सम्बन्धी केही न केही सकेको गर्नुपर्छ, त्यसैले यस्तो कार्यक्रम गरेको हुं।’
बिग बुद्ध घुम्न पुगेका पर्यटकहरुलाई शान्तिको अग्रदूत भगवान गौतम बुद्ध तथा लुम्बिनी भ्रमणको जानकारी पर्चाहरू वितरण गरिएको थियो।
जेम्स म्युजिक ग्रुप हङकङको आयोजनामा भएको कार्यक्रममा उपस्थित भक्तजनहरुलाई नमो बुद्ध आमा समूहले निःशुल्क दिवा भोज व्यवस्था गराएइको थियो। कार्यक्रमलाई नमोबुद्ध आमा सेन्टर, सनराईज ट्राभल एजेन्सी, बिनोदकुमार धारीवाल आदिले आर्थिक सहयोग गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b