एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ५ माघ । नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले नौ बुँदे माग प्रस्तुत गर्दै माग तत्काल सम्बोधन नगरे सशक्त आन्दोलनको गर्ने चेतावनी दिएको छ।

पाँचौं महाधिवेशनले पारित गरेको समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै संघले राखेको ९ बुँदे मागहरु सरकारले तत्काल सम्बोधन नगरे अन्य प्रगतिशील युवा संगठन र क्रान्तिकारी युवा संगठनहरुसँगको सहकार्यमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले भारतीय पक्षबाट नेपालको ६१ भन्दा बढी ठाउँमा गरेको अतिक्रमण तत्काल फिर्ता गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने, १९५० लगायतका सबै असमान सन्धि सम्झौताहरु खारेज गरी पञ्चशीलको आधारमा भारतसँग नयाँ ढंगले सम्बन्ध विस्तार गर्नुपर्ने जस्ता ९ सूत्रीय माग अघि सारेको हो।

संघका अध्यक्ष पूmर्पा लामाले हामी राष्ट्र, राष्ट्रियताको लागि राष्ट्रद्रोहीलाई परास्त गर्ने युवाहरु महाधिवेशनबाट तयार गरेको दावी गरे।

संघका पूर्व अध्यक्ष श्याम राईले संघले महाधिवेशनबाट पारित गरेका मागहरु सरकारले पूरा नगरे देश भरीका युवाहरुले बर्तमान सरकारलाई सत्ता च्युत गरेर छाड्ने चेतावनी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस