एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ माघ । यूवा संघ नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारलाई जनघाती, राष्ट्रघाती र भ्रष्टाचारीको संज्ञा दिदै सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले माघ ७ गते देखि माघ १५ गतेसम्मको साताब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

घोषित आन्दोलनको कार्यक्रमहरुमा माघ ७ गते मानवअधिकार, प्रेस स्वतन्त्रता, यूद्ध अपराध, मानवता विरुद्धको अपराध, अन्तर्राष्ट्रिय सन्धी सम्झौता सहितका दस्तावेजहरु राजधानीमा प्रधानमन्त्रीलाई बुझाउने र ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकार मार्फत पठाउने, माघ १० गते भट्टराई सरकार गठन हुने बेलाको र अहिलेको बजार मुल्यको तुलनात्मक विजक प्रर्दशन गर्ने रहेका छन्।

त्यसैगरी माघ ११ गते आन्दोलनको प्रचार प्रसार गर्ने, माघ १४ गते महिल हिंसा, लोडसेडिङ, कुशासन, प्रेसमाथिको दमन, भष्टाचार, राष्ट्रघात लगायतका अपराधको कालो पट्टी, बन्दी कलम, लाल्टीन र खाली थाल सहित प्रर्दशन गर्ने र टोल टोलमा १ घण्टा थाल ढटाएर विरोध प्रर्दशन गर्ने र माघ १५ गते राजधानीको खुला मन्च र मोफसलमा जिल्ला सदरमुकामहरुमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको सामूहिक दाहासस्कारगर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन्।

त्यसरी नै राजनीतिक दलका नेताहरुको बैठकमा यूवा साङले जुलुस प्रर्दशन गरेर खवरदारी गर्ने, अपारधीहरुलाई कानूनको जिम्मा लगाएर न्यायको लागि भूमिका खेल्ने, भिजिलान्तेहरुको शसक्त प्रतिकार गर्ने, प्रधानमन्त्तीको अपराधको सुचि बनाएर सार्वजनिक स्थलमा राख्ने र बेरोजगार यूवाबाट चन्दा उठाएर प्रधानमन्त्रीलाई भिक्षा दिने कार्यक्रमहरु पनि यूवा संघले अघि सारेको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष महेश बस्नेतले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बर्खास्त गर्ने अन्तिम लडाईमा आफूहरु होमिएको स्पष्ट पार्दै कथित माओवादी जनयूद्धमा मारिएका १६ हजारलाई न्याय दिलाउन शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे।

उनले पत्रकार डेकेन्द्रका हत्यारालाई उन्मुक्ती दिलाउन खोज्ने प्रधानमन्त्री र महान्यायधिवक्तलाई अन्तर्राष्टिय« अदालतमा उभ्याउने चेतावनी दिदै प्रधानमन्त्री हत्याराहरुको नाईके भएको आरोप लगाए।

बस्नेतले साथी मारिएको घटनालाई अघि बढ्न पत्रकारहरुलाई आब्हान गर्दै माओवादीको ललिपपमा नफस्न सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई आब्हान गरे।

उपाध्यक्ष झपट रावलले पनि बर्तमान सरकारलाई कुनै पनि हालतमा अब लामो समय कुशासन गर्न छुट दिन नसक्ने स्पष्ट पारे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस