एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ माघ । अर्थविद्ध र उद्यागी ब्यवसायीहरुले सुधिर बस्नेत पक्राउ काण्डले नेपालमा लागनीको बातावरण नभएको पुष्टि गरेको दावी गरेका छन्।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा अर्थविद्ध डा चिरन्जिवी नेपालले मुलुकको अर्थतन्त्र ध्वस्त भईरहेको अवस्थामा मुलुकमै ब्यवसाय गर्छु भनेर काम गरिरहेको ठूलो ब्यवसायीलाई केही रकमको कारण ठगीमा मुद्दा चालउनुले यहाँ लगानी मैत्री बातावरण छैन भन्ने प्रष्ट बनाएको दावी गरे।

उनले समस्या समाधानको लागि उपभोक्ता, नीजि क्षेत्र र सरकार सम्मीलित समिति बनाएर छानविन गरेर समस्याको समाधान खोज्नु पर्नेमा ठगिको आरोपमा पक्राउ गर्दा अब मुलुकबाट पुंजी पलायन हुने, लगानी खस्किने र विदेशी लगानी ठप्प हुने चेतावनी दिए।

नेपालले अन्य ब्यवसायीहरुलाई समेत यो घटनाले शिक्षा लिन आग्रह गर्दै अन्यथा भोलि अरु ब्यवसायीहरु पनि यस्तै साना साना घटनाले जेल जानु पर्ने अवस्था आउनेतर्फ सचेत गराए।

ब्यापार घाटा बढेर मुलुकको बजेट भन्दा बढी भईसकेको, विदेशी लगानी घट्दो क्रममा रहेको, मुद्रा स्फीती बढेर भयावह अवस्था आउन लागेको अवस्थामा पनि स्वदेशी लगानी कर्ताहरुको पुुजि परिचालनले मुलुकको अर्थंतन्त्र चलायमान भईरहेको बेला ब्यवसायीलाई थुन्दा स्वदेशी पुजि पलायन भएर मुलुक ढप्प हुने आंशका उनले ब्यक्त गरे।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिप जंग पाण्डेले उद्योग बाच्न सकेमात्रै मुलुकमा लगानी बढ्ने भन्दै ब्यवसायी पक्राउ गरेर मुलुकमा कुनै पनि हालतमा लागनी बढ्न नसक्ने चेतावनी दिए।

मुलुकको संक्रमण लम्बिदा घर जग्गाको कारोवार अनिश्चित बनेर सुधिर बस्नेत पक्राउको घटना घटेको भन्दै बैंकिङ कसुरको मुद्दामा उद्योगीलाई जेल हालेर कुनै पनि हालतमा सजाय नहुने स्पष्ट पारे।

उनले सबै पक्ष सम्मीलित एक कमिटि गठन गरेर सम्पत्तिको मुल्याङकनसहित दुई पटक गरेर छ छ महिनाको लागि काम गर्न दिएर समस्याको समाधान गर्नु पर्ने धारणा राख्दै थुनेर निकास हुनै नसक्ने ठोकुवा गरे।

उनले बस्नेतलाई कारवाही गरेर जनता बस्नेत, बैंक र राज्य कसैलाई पनि फाईदा नहुने भन्दै उनको पासपोर्ट राखेर काम गर्न दिनु पर्ने बताए।

पाण्डेले यसरी ब्यवसायी थुनेर मुलुकको आर्थिक क्षेत्र अघि बढ्नै नसक्ने ठोकुवा गर्दे यसको समाधान छिट्टो नखोजे समस्या उत्पन्न हुने चेतावनी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस