नेपाली तराई संघ (ANTA) अमेरिकाको आब्हान
अमेरिका, माघ ४, २०६९ साल एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) अर्थात् नेपाली तराई संघ,अमेरिकाका अध्यक्ष ललित झाले एक छापा बिज्ञप्ति निकाल्नु हुदै नेपालको तराई क्षेत्रमा कैयौं दिनदेखि लगातार लागि रहेको चिसो मौसमको कारण सर्बसाधारणको ज्यान गएकोमा आफू र संस्था अत्यन्तै दुखि भएको व्यक्त गर्दै र मृतकका परिवारहरु प्रति शोक व्यक्त गर्नु भएको छ।

नेपाली तराई संघ ,अमेरिका मधेशमा लागेको ठिही, प्रतिकूल मौसम र यसबाट निहत्था जीवन गुमाउनु परेका र यसको कारण उसका परिवारहरुको व्यथाप्रति चिन्तित रहेको र संघको तर्फबाट कसैलाई पनि यस्तो नपरोस् भनि ईस्वरसंग आंटा प्राथना गर्दछ भनि बिज्ञप्तिमा जनाईएको छ। प्रकृति सोचेको भन्दा ज्यादा शक्तिशाली हुन्छ र कसरि न्युनतम जनधन बचाउन सकिन्छ त्यो गर्ने उपाय गर्ने जुक्ति राम्रो हुन्छ भनिएको छ र संस्था पनि यसमा विश्वास गर्दछ भनि जनाईएको छ।

यो अवस्था र यस्तो बिपत्तिमा आंटा यस भेगका बासिन्दाहरुलाई आंटाको पूर्ण समर्थन छ भन्दै जानकारी गराउदै नेपाल सरकार,मधेशी राजनैतिक दलहरु ,गैर मुनाफा संस्था र तराई क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने विदेश र उत्तर अमेरिकामा रहनु हुने सबैलाई यस जटिल परिस्थितिमा आफूले जे जस्तो सहयोग गर्न सकिन्छ भन्दै सहयोगको हात बढाउन सबैलाई आग्रह गर्नु भएको उक्त बिज्ञप्तिमा प्रकाशित गरिएको छ।

एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) संस्थाको जन्म (७) सात जनाबाट सुरुवात भई मार्च २००५ देखि अस्तित्वमा आएको हो। तराईको उन्नति र पहिचानको लागि जागरुकता,भाषिक तथा सांस्कृतिक सम्पदा ,घनिष्ठ सम्बन्ध स्थापना गर्दै उत्तर अमेरिकामा रहेका नेपाली तराईएनहरुसंग सम्बन्ध विस्तार र संजाल बनाउने मूल उदेश्य लिएर हिडेको यो संस्था अमेरिका सरकारबाट मान्यता प्राप्त गैर मुनाफा संस्था (५०१ ) ३ (सी ) अन्तरगत दर्ता छ। यस संस्थाका संस्थापक अध्यक्ष समाज सेवी तथा प्रसिद्ध ब्यापारी रतन झा हुनु हुन्छ।

एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) ले सन् २००७ मा मधेस आन्दोलन ताका पीडितहरुको सहयोगार्थ करिब पन्ध्र लाख भन्द ज्यादा रकम जुटाएको ईतिहास छ।

विजय थापा भर्जिनिया
सयुक्त राज्य अमेरिका

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस