एचकेनेपाल डट कम संवाददाता-
धादिङ, ५ माघ। वीरगञ्जबाट काठमाडौंतर्फ आएको यात्रुवाहक बस शुक्रवार विहान त्रिशुली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा बसका चालक राजु, भारत मोतिहारीका ३२ वर्षीय मुखिया ठाकुर, भारत बैषाली घर भएकी ३० बर्षीया उर्मिलादेवी सिंह र जाहिर अन्सारी रहेको धादिङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते हुनेहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ।

ना ४ ख ६११७ नम्बरको रात्रीवस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा गाविस २ घाटबेसी नजिकै बाङगेबाट बिहान करीव साढे ४ बजेतिर त्रिशुली नदीमा खसेको हो। बस सडकबाट करीव ५० फिट तल खसेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Accident

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस