Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फेरि, उनै डेकेन्द्र थापाको कुरा.. !

फेरि, उनै डेकेन्द्र थापाको कुरा..!
पत्रकार डेकेन्द्रराज थापा, जसलाई द्वन्दकालमा माओवादीले कुटपिट गर्दै बिहोस बनाएर ज्यूंदै खाडलमा गाडेर हत्या गरिएको थियो। कलमजीवी डेकेन्द्रराज थापा, जसलाई हत्याराहरुले तड्पाई तड्पाई याताना दिएर यस संसारबाट सदाका लागि बिदा गराइएको थियो।

तस्विरमा स्व. डेकेन्द्रराज थापा
आज, तिनै पत्रकार थापाको हत्याराहरु प्रायश्चित गदै पाप धुन चाहिरहेका छन्। र पनि, थापाको हत्यारालाई कारवाहीको साटो बचाउनतर्फ सरकार अनेक तानाबाना बुन्दैछन्। अभियुक्तको बयान र अनुसन्धान रोक्न दबाव सिर्जना गरिरहेका छन्। यद्यपि, जनताको अघि, हरेक तानाशाहले एक दिन घुँडा टेक्न बाध्य हुनु पर्छ। सबैलाई थाहा छ, अहिले देशका कलमजीवीहरु संघर्ष गर्दै छन्, आन्दोलित छन्। थापाका हत्यारालाई कारवाहीको माग गर्दै पत्रकारहरु देशका कुनाकनाबाट, शहर र बस्तीहरुबाट आवाज बुलन्द पार्दैछन्। प्रधानमन्त्रीको पुत्ला दहन गर्दै पत्रकारहरुले सामुहिक मुण्डन गर्दैछन्। अब पनि कोही डेकेन्द्र थापाहरुले मर्न नपरोस् त्यसरी, अब पनि कोही कृष्णसेनहरुले अकालमा मर्न नपरोस त्यसरी।

अन्तमा, जसको कहिल्यै अन्त्य हुने छैन। उनै डेकेन्द्रको आवाज सधैंभरी। तिनै खोला नालाहरुमा, डाडाँपाखाहरुमा र शहर बस्तीहरुमा फेरि एक पटक गुञ्जायमान गरौं र भनौं हत्याराहरुलाई तुरुन्त कारवाही गर.. उनीहरुलाई उनीहरुको पापको प्रायश्चित गर्न देऊ…। – पशन तमू

स्व. डेकेन्द्रराज थापाको आवाज, जसलाई ती खोला नाला, डाँडाकाँडा, गाउंबस्तीहरुले कहिल्यै भुल्ने छैनन्। भिडियो सौजन्यः ध्रुव बस्नेत /युट्युव

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by