सुर्य पौडेल /एचकेनेपाल डट कम-
पोखरा, ४ माघ । नेपाली काँग्रेसले वर्तमान सरकार निरंकुशता र सर्वसत्तावाद तर्फ उन्मुख रहेको, पत्रकार डेकेन्द्र थापाको हत्यारा तथा विभिन्न हिसां विरोधी गतिविधीलाई संरक्षण गरेको भन्दै आज देशभर विरोध सभा सम्पन्न गरेको छ।

नेपाली काँग्रस कास्कीको व्यवस्थापन तथा तरुण दल, महिला संघ, ने.वि संघ, दलित संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाती संघ लगायतका भातृ संगठनहरुको संयोजनमा विरोध ¥याली तथा विरोध सभा सम्पन्न भएको हो।

नेपाली काँग्रस पार्टी कार्यालय चिप्लेढुङ्गगाबाट सुरु भएको विरोध ¥याली विभिन्न सरकार विरोधी नारासहित भिमसेन चोक, वि.पी. चोक हुँदै मानव अधिकार चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो।

नेपाल दलित संघ कास्की सभापती परषुराम वि. पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पूर्व सभापति शुक्रराज शर्माले सहमतिको सरकार गठन र निर्वाचनको सम्भावना टारेर सत्ता लम्वाउन खोजेको तथा दण्डहिनतालाई प्रशय दिएको बताए।

नेपाली काँग्रेस कास्की सभापति यज्ञबहादुर थापाले एमाओवादी सरकार सहमतिको वाधक भएको र सर्वसत्तावादतर्फ उन्मुख भएकोले नेपाली काँग्रेस अव सडकमा ओर्लिएको बताए।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस कास्की पूर्व सभापति सोभियत बहादुर अधिकारी, ने.वि संघ केन्द्रीय सदस्यद्धय सरोज के.सी र गोविन्द लामीछाने, महिला संघ कास्की उपसभापती कोपीला रानाभाट, नेपाल आदिवासी जनजाति संघ कास्की संयोजक अशोक भट्टचन, तरुण दल कास्की सचिव पदम बस्ताकोटी लागायतले वर्तमान भट्टराई सरकारलाई सडक आन्दोलनबाटै सत्ताच्युत गराउने बताए।
तस्विरः सुर्य पौडेल /एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस