राष्ट्रिय युवा सम्मेलन-२०६९
Nepal Youth Forum-2013
सहभागिताका लागि खुल्ला आब्हान
Call for Application
राष्ट्रिय युवा महासंघ नेपाल (NYFN) देशभर छरिएर रहेका युवा, युवा समुह/क्लव र संघ-संस्थाहरुको छाता संस्था हो । युवा संस्था तथा युवाहरुको प्रतिनिधित्व, पहुँच, सहभागिता, क्षमता बृद्धि, मानवअधिकार, लोकतन्त्र, दिगो विकास र शान्ति प्रक्रिया लगाएतका क्षेत्रमा महासंघ क्रियाशिल रहेको छ । ६९ जिल्लामा छरिएर रहेको महासंघमा ब्यक्ति र संस्था दुबै सदस्य बन्न सक्दछन् ।
दिगो शान्ति स्थापनाको लागि युवामा सकारात्मक भावनाको विकास गरी अन्तर-सांस्कृतिक समुदाय आदानप्रदान (Inter-Cultural Community Exchange) मार्फत सामाजिक-आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले २०६९ माघ २४ देखि २६ सम्म काठमाण्डौमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ ।
सम्मेलनमा सहभागि हुन इच्छुक ७५वटै जिल्लाका युवाले २०६९ माघ ८ गते भित्र इमेल वा फ्याक्स (इन्टरनेट सेवा उपलब्ध नभएका स्थानबाट सिधै फोन) मार्फत आबेदन पठाउनु हुन अनुरोध गरिन्छ । समावेशीकरणका आधारमा २५० जना सहभागी छनौट गरिने छ र १५० सहभागिहरुको लागि यातायात र आवासको ब्यवस्था गरिने छ ।
आबेदन पठाउने ठेगानाः
राष्ट्रिय युवा महासंघ नेपाल
अनामनगर, काठमाडौं, नेपाल
फोन/ फ्याक्सः ०१-४१०२९००, ९८०८५५७५९४, ९८४७२५८६३२
इमेलः nepalyouthforum2013@gmail.com
वेभसाइटः www.nyfn.org.np
आयोजकः
राष्ट्रिय युवा महासंघ नेपाल
National Youth Federation Nepal (NYFN)
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय
Government of Nepal, Ministry of Youth and Sports
मिडिया पार्टनरः
कान्तिपुर राष्ट्रिय दैनिक Kantipur National Daily
न्यूज २४ टेलिभिजन News 24 Television
नेपालवाणी नेटवर्क NEPALBANI Network
Supported by: Youth Time, International Movement
संगसंगैः १६ बर्ष उमेर पुगेका युवाको मताधिकार सुनिश्चितताको लागि माघ २४ गते दिनको १ बजे भृकुटीमण्डपबाट यात्रा र प्रज्ञा प्रतिष्ठानमा बहस तथा सम्मेलनको उद्घाटन समारोह हुने भएकोले एक्येवद्धता सहित सहभागिताको लागि विभिन्न संघसंस्था तथा इच्छुक महानुभावहरुमा हार्दिक आमन्त्रण गर्दछौं।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b