एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २ माघ। सर्वोच्च अदालतले पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धान नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कल्याण श्रेष्ठको इजलासले आज अन्तरिम आदेश जारी गर्दै अनुसन्धान नरोक्न आदेश दिएको हो।

महान्याधिवक्ता मुक्ति प्रधानले पत्रकार थापाको हत्याको अनुसन्धान रोक्न लिखित निर्देशन दिएपछि त्यसविरुद्ध आइतवार अधिवक्ता गोविन्द बन्दीले रिट दायर गरेका थिए।

सर्वोच्चले प्रधानमन्त्री बाबुराम भट्टराई र महान्याधिवक्ता मुक्ति प्रधानलाई अनुसन्धान रोक्न आदेश दिनुको कारण माग गर्दै अनुसन्धान नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

पत्रकार थापाका हत्या अभियोगमा पक्राउ परेका पाँच अभियुक्तहरुको बयान लिने काम थालेपछि बयान र अनुसन्धान रोक्न प्रधानले दबाव दिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस