सोदिप लिम्बु /एचकेनेपाल डट कम-
आशफोर्ड, बेलायत । नेपालमा प्रजातन्त्रको उदयसंगै जनजातिहरुलाई उनीहरुका धर्म,भाषा, लिपि आदि अंगाल्न पाउने अधिकार प्राप्त भएता पनि बेलायतको व्यस्तताको कारणले गर्दा हाम्रा सम्पूर्ण मौलिक चाड-पर्बहरु मनाउन नसक्दा कतै लोप त हुने होइन? हामी बेलायतबासी याक्थुङ्बाहरुले यसतर्फ पनि सोच्नु पर्ने हुन्छ।

यहि कुरोलाई मध्यनजर राख्दै गत १२ जनवरी २०१३ शनिबारका दिन टंक याङ्गदेनको संयोजकत्वमा आशफोर्डको गाउँले पसलमा लिम्बुहरुको मौलिक चाड कक्फेवा तङ्नाम अर्थात येले तङ्बे (नयाँ बर्ष) कार्यक्रमको आयोजना गरिएको थियो।

बेलायतको व्यस्त जीवन शैलीबाट एक दिन भए पनि राहत मिलोस् साथै यस चाडको अबसरमा सबैजना एकै ठाउँमा भेला भएर शुभकामना आदान-प्रदान गर्दै कक्फेवा तङ्नाम मनाउने उद्देश्यले नै यस भेटघाट कार्यक्रमको व्यक्तिगत रुपमा आयोजना गरिएको संयोजक टंक याङ्गदेनले जानकारी दिनु भयो।

एकातिर अहिले बेलायतमा आसन र भाषणको लागि मात्रै संघ-संस्थाहरु खोलिएका थुप्रै जनगुनासोहरू आइरहेको र अर्कोतिर यहाँको व्यस्तताले गर्दा पनि यस्तो व्यक्तिगत कार्यक्रम गर्नु परेको पनि प्रस्ट पार्नु भयो। अघिल्ला बर्षहरुमा पनि यसरि नै सामुहिक रुपमा भेला भई मान्ने गरिदैं आएको थियो।

कार्यक्रममा गाउँले पसलद्वारा व्यवस्था गरिएको परिकारहरु एबं तोङ्बाले उपस्थित सबैलाई गाउँ-घरको झ-झल्को दिलाएको थियो भने दिल सम्बाहाम्फेले उपस्थित सबैलाई कक्फेवा तङ्नामको शुभकामना दिनुका साथै चाडको महत्व र विशेषता बारे प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा आशफोर्डबासी थुप्रै लिम्बु दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस