सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
हरेक वर्ष पूर्वाञ्चल भरीका युवतीहरुलाई समेटेर आयोजना हुंदै आएको सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको चौथो संस्करणका लागि तयारी सुरु गरिएको छ।
मिस पूर्वाञ्चल २०१२ का विजेताहरु
आगामी फागुन १२ गते शनिवार धरानका फाइनल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको मिस पुर्वाञ्चल २०१३ का लागि फर्म खुल्ला गरिएको छ।
धरान, इटहरी, दमक, विर्तामोड र विराटनगरमा समेत अडिसन आयोजना गरिने कार्यक्रममा क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले जानकारी दिएका छन्।
अडिसनबाट छानिएका युवतीहरुलाई एक महिना व्यक्तित्व विकास, ¥याम्प वक, सौन्दर्य, फेसन, इतिहास, पर्यटन लगायतका विषयमा सम्बन्धित क्षेत्रमा विज्ञहरुबाट प्रशिक्षण गराइनेछ भने ट्राफिक सचेतना, सामाजिक कार्य, रक्तदान, रसफाईमा समेत सहभागी गराइनेछ।
फाइनल प्रतियोगिताबाट मिस पूर्वाञ्चल २०१३ संगै फस्ट रनर अफ, सेकेण्ड रनर अफ लगायत फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत गरिनेछ।
मिस पूर्वाञ्चल विजेतालाई स्कुटीसंगै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको छ भने फस्ट र सेकेण्ड रनर अफ लगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारसंगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ।
हाइट इभेन्ट र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
हालसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङले मिस पूर्वाञ्चलको उपाधि हात पारेका छन्।
Download Official application form
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b